logo

मधेश प्रदेश सरकार अल्पमतमा, कांग्रेसले समर्थन फिर्ता लियो

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते १२: ३८ मा प्रकाशित     244   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

 

उसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्देशन दिइएको पार्टीको संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए । यससँगै सरकार अल्पमतमा पुगेको छ र राजनीतिक संकटमा फसेको छ।

 

बुधबार बिहान जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका हुन। यादवका अनुसार, “जनमत पार्टीले सरकारबाट बाहिरिएपछि हामी पनि सरकारमा बसिरहनु उचित नहुने निष्कर्षमा पुगेका छौं। 

 

मुख्यमन्त्री सतिश कुमार सिंहले करिब १६ महिनाअघि कांग्रेस, जनमत पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चार दलीय गठबन्धनसँग सरकार गठन गरेका थिए। तर, भदौ २८ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारमा अस्थिरता बढ्न थालेको थियो। त्यसपछिका छलफल र विचार(विमर्शपछि कांग्रेसले पनि आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको देखिन्छ।

 

कांग्रेसको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री सिंहको सरकारमा एमाले र लोसपा मात्रै बाँकी रहेका छन्। जनमत र कांग्रेसको बहिर्गमनसँगै मधेश प्रदेश सरकार अल्पमतमा पुगेको छ। यस परिस्थितिले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना गरेको छ र प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.