logo

मधेश आन्दोलनका शहीद परिवार चरम निराशामा : ‘गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ’

      11/14/2017 गते 00 00 मा प्रकाशित     1411   पटक पढिएको

एक दशकयता मधेश चर्को द्वन्द्व झेलिरहेको छ । आन्दोलनकारी दलबाटै उपेक्षित मधेश आन्दोलनका शहीद परिवारभित्र अहिले चरम निराशा छ । पीडित परिवारका एक जना सदस्य त यतिसम्म भन्छन्, “आन्दोलनमा गरीबका छोरा मर्छन्, नेताले पद पाउँछ ।”

आँखामा आँसु ओभाइसकेको छैन उनको । आठ, सात र साढे दुई वर्षका तीन छोरी र पाँच वर्षका एक छोरा छन् । २३ फागुन २०७३ मा सप्तरीको मलेठमा मधेशी मोर्चा र प्रहरीबीचको झडपमा घाइते भई दुई दिनपछि मृतघोषित वीरेन्द्र महतोकी पत्नी रन्जनाकुमारी माथि परिवारको जिम्मेवारी आइलागेको छ ।  

 कुराकानीका क्रममा क्यामरातिर अनुहार सोझ्याउन पनि असहज मानेकी रन्जनाकुमारीले सरकारले दिने भनेको रु।१० लाख पनि पाएकी छैनन् । कहिले नाता प्रमाणित र कहिले बसाइँसराइजस्ता कागजपत्रको खोजी । कहिले अन्य प्रशासनिक अलमल । उनलाई सघाइदिने पनि कोही छैन ।

नेताहरू त एक दिन आए, समवेदना दिए, फर्के । अर्काको बारीमा किसानी कर्म नगरे बिहान–बेलुकीको दुई छाक टार्न गाह्रो छ । यस अवस्थामा एक्लै कता–कता भौंतारिनु रु चार सन्तानले घेरिएकी उनले दुःखेसो पोखिन्, “घरमा अभिभावक कोही छैन । कसरी यी बालबच्चा पाल्ने रु सरकारले कतै सानोतिनो भए पनि जागिर दिए केही गुजारा हुन्थ्यो ।” 

मलेठमै मारिएका सन्जन मेहताका पिता लक्ष्मण अहिले कोही नयाँ मान्छे भेट्यो कि रुन थालिहाल्छन् । उनले भने, “मेरो छोरोको मूल्य १० लाख रुपैयाँ हो रु छोरो त गयो, अब मैले को–सँग के माग्ने रु जिन्दगीको कुनै भर्पाइ छ रु” ससुरा–बुहारीबीच असमझदारी सिर्जना भएपछि सरकारले निकाशा गरेको रु।१० लाख अहिलेसम्म कसैको हात परेको छैन । 

शहीद प्रमोद सदायका बुबा बालेश्वर र आमा धनमादेवी । शहीद रमेश महतोका बुबा रवि महतो
मलेठमै मारिएका पीताम्बर मण्डलकी श्रीमती सोनी त यस संवाददातासँग बोल्न पनि सकिनन् । दुई छोरा र दुई छोरी छन्, मण्डलका ।

जेठा भोलाप्रसादले घरायसी जिम्मेवारीका कारण हालै पढ्दै गरेको ९ कक्षा छाडे । आफ्नो जग्गामा मण्डल परिवारलाई कटेरो बनाउन दिएका स्थानीय कपिलेश्वर यादवले भने, “घर बनाउन केही जग्गा र परिवारको कुनै एक सदस्यलाई जागिर दिए यो परिवारलाई ठूलो राहत हुन्थ्यो ।”

मधेश आन्दोलनको शुरूआती चरणमा एक दशकअघि ५ माघ २०६३ पछिका दिनमा जीवन गुमाएका शहीद परिवारको पीडा पनि उस्तै छ । उनीहरूलाई दिइएको आश्वासन अहिलेसम्म पनि सम्बोधन भएको छैन । ६ वटा मधेशवादी दलको मोर्चा राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी लाठी जुलूसदेखि आम हड्तालसम्मका आन्दोलन घोषणा गरेदेखि यी शहीद परिवारका आँखामा जीवन गुमाएका आफन्तको अनुहार नाच्न थालेको छ । फरक यथार्थ के भने, जसले जीवन गुमाए केही मुद्दामा सहमत भए पनि आन्दोलनकारी दलसँग उनीहरूको प्रत्यक्ष सम्बन्ध थिएन । 

मलेठकै कुरा गर्दा स्नातक सकेका सञ्जन सरकारी जागिरका लागि लोकसेवाको तयारी गर्दै थिए । अर्का मृतक वीरेन्द्र महतो मलेठस्थित ससुरालीमा बस्दै आएका थिए । छोराछोरीहरूका लागि चकलेट लिन बाहिर निस्केका बेला उनी मारिए । मलेठमै मारिएका वरिष्ठ अहेव आनन्द साह पोलियो थोपा खुवाउने अभियान सकेर घर फर्कंदै थिए ।

साह कांग्रेसनिकट स्वास्थ्यकर्मीको जिल्लास्तरीय संगठनमा आबद्ध थिए । ५६ वर्षे पीताम्बर मण्डल ठेला चालक थिए भने इनरदेव यादव किसानी गर्थे । इनरदेव चाहिं पिता मुनरदेव यादवको मृत्युसंस्कारको निम्तो दिन घरबाहिर निस्किएका थिए । उनका पिताको मृत्यु भएको ९ दिन मात्रै भएको थियो ।

मधेश आन्दोलनको शुरूआती चरणमा सिरहाको लहानमा मारिएका पाँचमध्ये चार जना १८ वर्ष मुनिका थिए । १७ वर्षे मोहम्मद अनिश र १६ वर्षे रमेश महतो चैतमा एसएसली दिने तयारीमा थिए, माघमै आन्दोलनका क्रममा उनीहरूको मृत्यु भयो । प्रमोद सदाय ९ कक्षामा अध्ययनरत थिए भने विजय सहनी १८ वर्षका थिए । बेचन यादव ३३ वर्षका थिए ।

मधेशमा मानवअधिकारको अनुगमन गरिरहेको थर्ड एलाइन्स विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख रणधीर चौधरीका अनुसार, “२०६३ यता मात्र मधेश आन्दोलनका क्रममा १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । तीमध्ये अधिकांश किशोर र युवा थिए, जो आफ्नो परिवारको भविष्यको सहारा पनि ।” 


सन्तान गुमाउनुको पीडा छँदैछ, आन्दोलनकारी दलहरूको बेवास्ता र व्यवहारले पनि परिवारजनको मन दुःखाएको छ । अनिशकी आमा बिल्टुन खातुनका अनुसार सरकारले दिएको रु।१० लाखबाट पनि छोराको सालिक बनाउने भनेर आन्दोलनकारी दलहरूले रु।१ लाख लिएर गए ।

किरियाकर्म र पैसाका लागि काठमाडौं आउजाउ गर्दा अर्को रु।१ लाख सकियो । “दुई जना छोराहरूको पढाइ छुट्यो । श्रीमान्लाई कुनै जागिर दिए पनि घर चलाउन सजिलो हुन्थ्यो” खातुनले भनिन्, “अरू सबै शहीदका नाममा स्कूल छ, मन्दिर छ, गोलघर बनाएको छ । हाम्रो छोराको नाममा केही पनि छैन ।” 

पाँचै जना शहीद परिवारबाट तत्कालीन मधेश आन्दोलन संघर्ष समितिले रु।१–१ लाख उठाएर लहान बजारमा सालिक बनाएको छ । विभिन्न विद्यालयको नामको अगाडि अन्य चार शहीदको नाम जोडिएको छ । रमेशको नाममा त ‘मधेशी शहीद रमेशकुमार महतो स्मृति प्रतिष्ठान’ नै छ । तर विडम्बना न  विद्यालय, न प्रतिष्ठानमै सम्बन्धित परिवारको प्रतिनिधित्व छ ।

रमेशका भाइ बालकृष्ण भन्छन्, “स्कूलमा तीन वर्ष क्लर्कको जागिर दिए तर पैसा नदिई निकालिदिए ।” बुवा रवि महतो त नेताहरूको व्यवहारबाटै आजित छन् । मधेशका ठूला नेताहरू नवराजपुर गाउँपालिका–५ मझौडा गाउँस्थित उनकै घरको बाटो काटेर जान्छन् तर पस्दैनन् । “चुनावमा भोट माग्न त आउलान्, त्यसबेला मेरो छोरोको सहादतको हिसाब माग्छु” उनले भने । अर्का छोरा बालकृष्णलाई जागिर मात्र दिए पनि ठूलो राहत हुने आमा रानोदेवीले बताइन् । 

रमेशको नामको प्रतिष्ठानमा लाखौं रुपैयाँ आए पनि पीडित परिवारको हितमा कुनै काम नभएको परिवारजनको गुनासो छ । प्रतिष्ठानको आर्थिक हिसाब–किताब पारदर्शी नभए पनि एक करोड रुपैयाँभन्दा बढी आएको तर त्यो रकम स्मारिका प्रकाशन र डकुमेन्ट्री बनाएर सीडी वितरणमै सकियो ।

प्रतिष्ठानका तत्कालीन महासचिव राकेश गुप्ता रोशन प्रतिष्ठानका नाममा पैसा आएको स्वीकार्छन् । उनले भने, “ठ्याक्कै कति रकम आएको थियो थाहा भएन तर आएको पैसाबाट हामीले पूर्वदेखि पश्चिमसम्म मधेश आन्दोलनका क्रममा मारिएका, घाइते भएकाहरूको विवरण संकलन गरेर स्मारिका निकाल्यौं ।

मधेश आन्दोलनमाथि डकुमेन्ट्री बनाएर सीडीहरू वितरण ग¥यौं ।” संघीय समाजवादी फोरमसम्बद्ध पूर्वसभासद् राजलाल यादव प्रतिष्ठानको अध्यक्ष छन् ।


सखुवा ननकाराकट्टी गाउँपालिका–३ स्थित मुसहर बस्तीका बालेश्वर सदाय खेती–किसानी गरेर दुईछाक टार्न धौ–धौ परेको बताउँछन् । उनका छोरा प्रमोदका नाममा पनि स्कूल छ तर त्यसमा परिवारका कसैको प्रतिनिधित्व छैन । “सरकारले दिएको रु.१० लाखबाट पनि सालिक बनाउन भनेर रु।१ लाख लगे, किरियाकर्म र पैसाका लागि धाउँदा थप रु।१ लाख जति नै खर्च भयो” उनले भने ।

प्रमोदकी आमा धनमादेवी सदाय आफूहरूलाई गरीब र तल्लो जातको भनेर पनि नेताहरूले बेवास्ता गरेको ठान्छिन् । भन्छिन्, “कमजोर अवस्था छ, मुसहर समुदायबाट छौं । सानो जाति भनेर पनि हामीलाई हेलाँ गरे ।”
साच्चिकै बेवास्तामा छन्, शहीद परिवार ।

हरेक वर्ष माघ ५ गते नेताहरू लहानस्थित शहीदको सालिकमा जम्मा हुन्छन् । ‘बलिदानी दिवस’ मनाउँछन्, भाषण गर्छन् र फर्कन्छन् । “माघ ५ गते नेताहरू बजारमा आउँछन्, त्यहीं गएको बेला भेट हुन्छ । अरू बेला आउँदैनन्”, प्रमोदका पिता बालेश्वरले भने । 

नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवका अनुसार शुरूका केही वर्ष माघ ५ गतेको कार्यक्रममा शहीद परिवार आकर्षणका केन्द्र हुन्थे । कार्यक्रममा उनीहरूलाई महत्व दिइन्थ्यो । यादव भन्छन्, “हिजोआज उनीहरूलाई कसैले वास्ता गर्दैन ।

आफैं आउँछन्, आफन्तका सालिकमा माला, अबिर लगाइदिन्छन् र फर्कन्छन् ।” अनिशकी आमा बिल्टुनका अनुसार त ६ महीनापछि नै नेताहरूले वास्ता गर्न छाडे । उनले भनिन्, “आफ्नो छोराको सालिक छ । नेताहरूले नबोलाए पनि माघ ५ गते त्यहाँ पुगेर माला लगाइदिएर फर्कन्छौं ।”

आन्दोलनको प्रसंगमा उनले भनिन् “अब फेरि लडाईं–झगडा नहोस् । आन्दोलन नहोस् । शान्ति होस् ।” अनिशका पिता मोहम्मद मुस्तकिन त निकै आक्रोशित थिए । उनले भने, “शहीदको नाममा आएको सबै पैसा नेताहरूले खाएका छन् । फेरि किन आन्दोलन गर्ने रु आन्दोलनमा गरीबका छोराहरू मर्छन्, नेताहरूलाई पद मिल्छ । पैसा कमाउँछ ।

नेताको छोरो अमेरिकामा पढ्छ, डाक्टर बन्छ । यता सोझा जनता मर्छन् । हड्ताल गर्न, कुटाइ खान किन जाने हामीहरू रु अब फेरि कसैको रगत नबगोस् १” वरिष्ठ अधिवक्ता हिम्मत सिंह पनि यतिखेर प्राप्त उपलब्धि रक्षा गर्दै अघि बढ्नु नै मधेशवादी दलको हितमा हुने बताउँछन् । “भुईंको टिप्न खोज्दा पोल्टाको नखसोस् भन्नेमा मधेशवादी दल सचेत हुनुपर्छ । निरन्तरको आन्दोलनले मधेश कमजोर बन्दै गएको छ” उनले भने ।

मलेठ झडपका एक प्रत्यक्षदर्शी कपिलेश्वर यादव राज्यको निरन्तरको उपेक्षाले पनि मधेश आक्रोशित बनेको ठान्छन् । गजेन्द्रनारायण सिंह औद्योगिक प्रतिष्ठानमा कार्यरत कपिलेश्वर यादवले प्रश्न गरे, “प्रचण्डसँग गरेको विस्तृत शान्ति सम्झौता कार्यान्वयन हुने तर पहिलो मधेश आन्दोलन र त्यसयताका आन्दोलनका क्रममा भएका सहमति कार्यान्वयन नहुने रु यसबाट पनि मधेशप्रतिको राज्यको दृष्टिकोण प्रष्ट हुँदैन र ?”


आन्दोलनरत घटक राजपाका नेता राजेन्द्र महतो भने मधेशलाई कुनै अधिकार नै प्राप्त नभएको बताउँछन् । निरन्तर आन्दोलन मात्रै गरेर शहीदको खेती कहिलेसम्म गर्ने रु भन्ने प्रश्नको जवाफमा उनले भने, “शहीदको खेती त सरकारले गरेको छ । मर्ने आन्दोलनकारी त सधैं निर्दोष हुन्छ नि १” तपाईंहरू पटकपटक सरकारमा जानुभयो, त्यहाँ हुँदा चाहिं तराईका मुद्दा किन ओझेल पर्छन् रु उनले थपे, “सरकारमा रहँदा पनि हामीले आवाज उठायौं ।

मैले बोल्दा मन्त्री भएर यस्तो बोल्ने रु भनेर पुत्ला जलाइयो । शरतसिंह भण्डारीले रक्षामन्त्रीबाट राजीनामा नै दिनुप¥यो । त्यसैले संविधान संशोधन भएर मधेशका माग पूरा नहुँदासम्म आन्दोलन रोकिन्न ।”

 

साभार खोजपत्रकारिताबाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

पर्सामा मतदान प्रतिशत उच्च रहेको प्रराम्भिक अनुमान, यकिन बिवरण आउन केही समय लाग्ने

वीरगञ्ज ।  प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।

कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.