वीरगंज। नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा गरेको उनले बताएका छन् ।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका थिए ।
तपाईको प्रतिक्रिया