सर्लाही। सर्लाही क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।
सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई १२ हजार ८५७ मतको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौंथो पटक सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनिएका हुन् ।
सिंह ३५ हजार ६८८ मत प्राप्त गरी बिजयी हुँदा निकटतम प्रतिस्पर्धी थापाले भने २२ हजार ८३१ मत प्राप्त गरे ।
सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गर्दै सभापति थापालाई सर्लाही ४ बाट उठाएपछि सिंहलाई अप्ठेरो परेको आँकलन गरिएको थियो ।
केहीबेरअघि अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सिंहलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण(पत्र प्रदान गर्ने तयारी गरेको छ । क्षेत्र नं. ४ को नतिजासँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेको छ ।
तपाईको प्रतिक्रिया