logo

सिंहले सर्लाहीमा साह र झाले रौतहटमा आफनै मतदान केन्द्र पुरगेर मताधिकार प्रयोग गरे

 इसीमाना सम्वाददाता     २०८२ फागुन २१ गते ०९: ४४ मा प्रकाशित     255   पटक पढिएको

वीरगंज  । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले सर्लाहीको बलरा नगरपालिका स्थित जबदी प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

 


बहुँचर्चित क्षेत्रको रुपमा रहेका सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ मा रास्वपा उम्मेदवार सिंह आज विहानै जब्दी प्राथमिक विद्यालयमा रहेका मतदान केन्द्रमा गएर आफनो मताधिकारको प्रयोग गरेका हुन् ।

 

रास्वपा उम्मेदवार सिंहसंग नेपाली काँग्रेस सभापति गगनकुमार थापाको मुख्य प्रतिष्पर्धा रहेको छ ।

 

त्यसैगरि मधेशवादी नेता एवं नेपाली काँग्रेस रौतहट क्षेत्र नम्वर १ का उम्मेदवार अनिलकुमार झाले पनि मतदान गरेका छन् ।

 


उम्मेदवार झा दुर्गा भगवती गाउँपालिका ३ मत्सरी स्थित संस्कृत माध्यमिक विद्यालय स्थित मतदान केन्द्रमा आज विहानै उपस्थित भएर मतदान गरेका हुन् ।

 

आम जनता पार्टीका अध्यक्ष एवं रौतहट क्षेत्र नम्वर ३ बाट उम्मेदवार रहेका का प्रभु साहले मौलापुर ५ स्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।


आज विहानै मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रमा उपस्थित भई आफनो मताधिकारको प्रयोग गरेका हुन । उत्साहपूर्वक मतदानमा भाग लिएर मतदान गर्न क्षेत्रबासी संग उनले अपिल समेत गरेकाछन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.