सिरहा । अन्तरिक सरकारका युवा तथा खेलकुदमन्त्री रहेका बब्लु गुप्ता सिरहा १ बाट रास्वपाको तर्फबाट बिजयी भएका छन।
गुप्ता ४१ हजार ३३३ मतसहित विजयी भएका हुन् । मतपरिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मत ल्याए। नेकपा एमालेका रामशङ्कर यादवले सात हजार ८ सय ६६ मत प्राप्त गरे ।
नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले दुई हजार २८५ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया