logo

शिक्षा ऐन नवौं संसोधनको बिद्यार्थीहरुद्वारा टायर बालेर बिरोध प्रर्दशन

      3/30/2018 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

वीरगन्ज, १६ चैत्र । शिक्षा ऐन नवौं संसोधनको बिरोधमा बीरगंजमा पनि बिद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

शिक्षा ऐन संसोधनको देशभर विरोध भइरहेकोले बीरगंजमा पनि तीन बिद्यार्थी संघठनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेट अगाडी टाएर बालेर विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

केन्द्रमा तय भएको आन्दोलनको कार्यक्रम अन्तर्गत अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा बीरगंजमा पनि प्रदर्शन गरे । शिक्षा ऐन नवौं संशोधन खारेज गर, चैत २३ गते हुने परिक्षा स्थगित गर, बिद्यार्थी एकता जिन्दाबादको नारा लगाउदै तीन बिद्यार्थी संगठनका बिद्यार्थीहरुले प्रदर्शन गरेको अखिल क्रन्तिकारीका केन्द्रिय सदस्य शिवम साहले बताए ।

नेविसंघका बर्दीनाथ तिवारी, अखिल क्रान्तिकारीका शिवम साह र अनेरास्ववियुका अजित गुप्ताको नेतृत्वको तीनवटै बिद्यार्थी संगठन सँगआबद्ध बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

लाखौं बिद्यार्थीहरुको भविष्य अन्धकारमा पार्ने गलत निर्णय भएकोले शिक्षा ऐन नवौं संशोधनको बिरोधमा केन्द्रदेखि जिल्ला तह सम्म आन्दोलन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य साहले बताए ।

शनिबार काठमाण्डौ माइतीघर मण्डालामा प्रदर्शन एवं चक्का जाम गर्ने कार्यक्रम रहेको र त्यसपछि पनि शिक्षा मन्त्रालयले शिक्षा ऐन नवौं संशोधन खारेज नगरे र २३ गते हुने परिक्षा स्थगित नगरे चैत १७ गते देखि देशभरी कै शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने कार्यक्रम रहेको जानकारी गराए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.