logo

अलमलमा परेकालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आग्रह, ठाकुर पक्षद्वारा मुलुकभर अगुवा कार्यकता भेलाको आयोजना

 इसीमाना सम्वाददाता     २०७८ सावन २१ गते ०४: ४७ मा प्रकाशित     785   पटक पढिएको

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका वा अलमलमा परेकालाई बिनाहिचकिचाहट पार्टीमा फर्किन आग्रह गरेका छन्।

उनले बिहीबार विज्ञप्ति जारी गर्दै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा लागेका तर अहिले अलमलमा परेकाहरूलाई पार्टीमा फर्किन आग्रह गरेका हुन्।

ुनिर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नु भन्दापूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुग्नु भएका वा अन्यन्त्र अलमलमा पर्नु भएका पार्टीका सम्पूर्ण साथीहरूलाई कतै अलमलमा नपरी बिना हिचकिचाहट पार्टीमा फर्किएर अग्रगमन र वैकल्पिक शक्ति निर्माणमा अगाडि बढ्नु हुन अपिल गरिन्छ,ु यादवको विज्ञप्तिमा उल्लेख छ।


जसपामा विवाद हुँदा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो।

यादवले केही अग्रमन नचाहने, उपलब्धिलाई उल्टाउन चाहने यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शक्तिहरूले पार्टीलाई षड्यन्त्रमूलक ढंगले फुटाउन खोजेको बताए।  


ती शक्तिहरू पार्टीलाई  फुटाउ र राज्य गरु नीति अनुरूप सक्रिय रहेको यादवले उल्लेख गरे।

यसअघि बुधबार महन्थ ठाकुरले पनि अपिल जारी गर्दै उपेन्द्र यादवहरूले पार्टी फुटाएको आरोप लगाएका थिए। आफूहरूले गरेको काम ठिक भएको भन्दै उनले आफूहरूसँग एजेन्डा भएकाले जनतामा जाने बताएका थिए।

 

जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर समूहले शुक्रबादेखि भदौ नौ गते बुधबारसम्म मुलुकभर अगुवा कार्यकता भेला गर्ने भएको छ । अध्यक्ष महन्थ ठाकुरले आज एक अपील जारी गर्दै भेलामा सहभागी हुन सबैमा आग्रह गरेका छन् ।

 

अपीलसँगै सार्वजनिक अगुवा कार्यकता भेलाको तालिका अनुसार शुक्रबार सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा कार्यक्रम हुनेछ । त्यस्तै शनिबार झापा, मोरङ, धनुषा, पर्सा र कैलालीमा, २४ साउनमा सुनसरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु र कञ्चनपुरमा, २५ साउनमा नवलपरासी र बर्दियामा, २६ साउनमा बाँकेमा २७ साउनमा सुदूरपश्चिम प्रदेश अत्तरियामा, ३० साउनमा बागमती प्रदेश काठमाडौँमा कार्यक्रम हुनेछ ।


त्यस्तै तीन भदौमा इटहरीमा, ५ भदौमा पोखरामा, ७ भदौमा बुटवलमा र ९ भदौमा सुर्खेतमा कार्यक्रम गर्ने तालिका सो समूहले सार्वजनिक गरेको छ । तालिकासँगै सार्वजनिक अपीलमा पार्टी विभाजनसम्म भएका क्रियाकलापबारे प्रष्ट्याउन खोजिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.