logo

बीरगंजको बिपक्षमा जानेहरुलाई देखाईदिने बीरगंजका युवाहरुको चेतावनी, भने मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन

      २०७८ पौष २४ गते ०४: ०१ मा प्रकाशित     787   पटक पढिएको

प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । मधेश आन्दोलनमा गर्विलो योगदान गरेको बीरगंजले संघीयता कार्यान्वयन सगै ठगिएको महशुस गर्दै आएको छ ।

 

मधेश आन्दोलन ताका त्यसका नेताहरुले बीरगंजलाई राजधानी बनाउने वाचा गरेको भएपनि आज उनीहरु वाचाबाट बिमुख भएका छन । त्यसैले मधेश आन्दोलनमा हिस्सा लिएका युवा नेताहरुको सहभागितामा आज वीरगञ्जका नागरिकले खबरदारी जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकार निर्माण हुदै गर्दा आज भन्दा चार वर्ष अगाडि पनि बीरगंजमा प्रदेशको राजधानीको माँग राखेर आन्दोलन भएको थियो । मुख्यमंत्रीमा लालबाबु राउतको चयन त्यो आन्दोलनलाई मत्थर बनाउनकालागि थियो भन्ने चर्चा अहिले पनि चल्छ ।

 

त्यसैले होला आफनै मुख्यमंत्रीका बिरुद्ध  प्रदर्शनकारीहरुले आक्रोशपूर्ण नाराबाजी गरे ।  मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदहरुको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने उनीहरु माँग छ  ।

वीरगञ्ज राजधानी बनाउने विपक्षमा जाने साँसदहरुलाई देखाइदिने चेतावनी समेत प्रदर्शनमा सहभागी यूवाहरुले दिएका छन् । मुख्यमन्त्री मुर्दावाद, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन जस्ता नारा समेत प्रदर्शनकारीले लगाएका छन् । प्रर्दशनको संयोजन लोसपाका नेता राजेशमान सिंह , युवा नेता सुजीत गिरी ,मुकेश द्विवेदी लगायतले गरेका थिए 

अहिले जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । जनकपुरधामलाई नै स्थायी राजधानी बनाउन सत्तारुढ जसपा, नेपाली काँग्रेस, नेकपा एमाले र प्रतिपक्षी दल लोसपा तथा नेकपा एकिकृत समाजावदी समेत सहमत देखिएका छन् । प्रदेशको नामाकरणमा मात्र विवाद चलिरहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.