logo

बीरगंजको बिपक्षमा जानेहरुलाई देखाईदिने बीरगंजका युवाहरुको चेतावनी, भने मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन

      २०७८ पौष २४ गते ०४: ०१ मा प्रकाशित     639   पटक पढिएको

प्रदेश २ को राजधानी वीरगञ्जलाई तोक्नुपर्ने भन्दै वीरगञ्जमा प्रदर्शन सुरु भएको छ । मधेश आन्दोलनमा गर्विलो योगदान गरेको बीरगंजले संघीयता कार्यान्वयन सगै ठगिएको महशुस गर्दै आएको छ ।

 

मधेश आन्दोलन ताका त्यसका नेताहरुले बीरगंजलाई राजधानी बनाउने वाचा गरेको भएपनि आज उनीहरु वाचाबाट बिमुख भएका छन । त्यसैले मधेश आन्दोलनमा हिस्सा लिएका युवा नेताहरुको सहभागितामा आज वीरगञ्जका नागरिकले खबरदारी जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदेश सरकार निर्माण हुदै गर्दा आज भन्दा चार वर्ष अगाडि पनि बीरगंजमा प्रदेशको राजधानीको माँग राखेर आन्दोलन भएको थियो । मुख्यमंत्रीमा लालबाबु राउतको चयन त्यो आन्दोलनलाई मत्थर बनाउनकालागि थियो भन्ने चर्चा अहिले पनि चल्छ ।

 

त्यसैले होला आफनै मुख्यमंत्रीका बिरुद्ध  प्रदर्शनकारीहरुले आक्रोशपूर्ण नाराबाजी गरे ।  मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदहरुको बलिदानीको मूल्यांकन गरेर वीरगञ्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने उनीहरु माँग छ  ।

वीरगञ्ज राजधानी बनाउने विपक्षमा जाने साँसदहरुलाई देखाइदिने चेतावनी समेत प्रदर्शनमा सहभागी यूवाहरुले दिएका छन् । मुख्यमन्त्री मुर्दावाद, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्जलाई बेच्न पाइँदैन जस्ता नारा समेत प्रदर्शनकारीले लगाएका छन् । प्रर्दशनको संयोजन लोसपाका नेता राजेशमान सिंह , युवा नेता सुजीत गिरी ,मुकेश द्विवेदी लगायतले गरेका थिए 

अहिले जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । जनकपुरधामलाई नै स्थायी राजधानी बनाउन सत्तारुढ जसपा, नेपाली काँग्रेस, नेकपा एमाले र प्रतिपक्षी दल लोसपा तथा नेकपा एकिकृत समाजावदी समेत सहमत देखिएका छन् । प्रदेशको नामाकरणमा मात्र विवाद चलिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.