logo

जितपुर सीमराको प्रमुखमा गठबन्धनका पौडेल उपप्रमुखमा एमालेका अधिकारी बिजयी

 इसीमाना सम्बाददाता      २०७९ जेठ ५ गते ०४: १५ मा प्रकाशित     420   पटक पढिएको

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल बिजयी भएका छन । उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।

 

पौडेल १८ हजार ७ सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भएका हुन् । पौडेलले एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतको मतान्तरले पराजित गरे । चौधरीले १७ हजार ७ सय ७९ मत प्राप्त गरिन् ।

 

यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार अधिकारीले १७ हजार ४ सय ९२ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मेघा शाहीले १५ हजार ८ सय ४२ मत प्राप्त गरिन् । अधिकारीले एक हजार ६ सय ५० मतले जित हात पारेका हुन् ।

 

उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा भागबण्डा गरेको थियो भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो ।

 

बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतपरिणाम आउँदा एमालेले १३, कांग्रेसले पाँच, माओवादीले चार, लोसपाले एक र एकिकृत समाजवादीले एक वडामा जित हात पारेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.