पर्साको छिपहरमाइ गाँउपालिकाको अध्यक्षमा मनोज गुप्ता दोहोरिएका छन् । उनी पर्साको १ महानगर तीन नगरपालिका र १० गाउँपालिका मध्य दोहरिने एक मात्र अध्यक्ष हुन । उनी नेकपा एमाले पर्साका सचिव पनि हुन ।
शुक्रबार बिहान सम्पन्न भएको छिपहरमाईको मगणनाको अन्तिम परिणाम अनुसार गुप्ता ४ हवार १ सय ८८ मत पप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार इन्द्रासन कलवारले ३ हजार ३ सय २० मत पप्त गरेका छन । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५ सय २८ मत पाएर तेश्रो भएका छन् ।
गाँउपालिकाको उपाध्यक्ष भने नेपाली काँग्रेसले जितेको छ । उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् ।
लीलावती देवी ३ हजार ८ सय १ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वण्दी एमालेकी उम्मेदवार मोदीना खातुनले ३ हजार ५ सय ९० मत पाएकी छन् ।
तपाईको प्रतिक्रिया