logo

स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुन्छः अध्यक्ष लाम्साल

 इसीमाना सम्वाददाता     २०८० जेठ ९ गते ०५: २९ मा प्रकाशित     479   पटक पढिएको

वीरगंज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताएका छन ।

 

नेपाल प्रेस युनियन पर्सा जिल्लाको दशौं जिल्ला अधिवेशनबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले यस्तो बताएका हुन। बिज्ञापन बोर्डले देशभरका पत्रपत्रिकाहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानी कटौती गर्ने सूचना जारी गर्नु स्वरोजगारमूलक संचारमाध्यम रत्यसमा आवद्ध श्रमजीवि पत्रकारहरूको घाँटी निमोठ्ने काम भएको भन्दै उक्त निर्णयलाई तत्काल नरोके नेपाल प्रेस युनियन कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

 

त्यस्तै प्रेस युनियनलाई पर्सामा कमजोर बनाउने खेलमा लागेकाहरूलाई तत्काल सुध्रिन समेत अध्यक्ष लम्सालले आग्रह गरे । पर्साको पत्रकारिता देशभरी उदाहरणीय रहेको र आगामी दिनमा पनि पर्सेली पत्रकारिताले पत्रकार हक हितको सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, अनिल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, श्रीराम रायमाझी, निलिमा पौडेल, नेपाली कांग्रेस पर्साका रामनारायण कुर्मीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

 

युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मीले नव निर्वाचित अध्यक्ष बिजय चौहानलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा पनि यूनियनको समग्र विकास र उत्थानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो। नेपाल प्रेस युनियनको दशौं अधिवेशनबाट पर्सा जिल्ला अध्यक्षमा बिजय चौहान, उपाध्यक्षमा अली असगर देवान र क्रान्ति साह, सचिवमा इरफ़ान अलीलगायतका पदाधिकारीनिर्वाचित भएका हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.