logo

स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुन्छः अध्यक्ष लाम्साल

 इसीमाना सम्वाददाता     २०८० जेठ ९ गते ०५: २९ मा प्रकाशित     608   पटक पढिएको

वीरगंज । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले श्रमजीवि पत्रकार र स्वरोजगारमूलक संचारमाध्यमको हितकालागि प्रेस युनियन कठोर रुपमा प्रस्तुत हुने बताएका छन ।

 

नेपाल प्रेस युनियन पर्सा जिल्लाको दशौं जिल्ला अधिवेशनबाट नव निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले यस्तो बताएका हुन। बिज्ञापन बोर्डले देशभरका पत्रपत्रिकाहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापन बापतको भुक्तानी कटौती गर्ने सूचना जारी गर्नु स्वरोजगारमूलक संचारमाध्यम रत्यसमा आवद्ध श्रमजीवि पत्रकारहरूको घाँटी निमोठ्ने काम भएको भन्दै उक्त निर्णयलाई तत्काल नरोके नेपाल प्रेस युनियन कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

 

त्यस्तै प्रेस युनियनलाई पर्सामा कमजोर बनाउने खेलमा लागेकाहरूलाई तत्काल सुध्रिन समेत अध्यक्ष लम्सालले आग्रह गरे । पर्साको पत्रकारिता देशभरी उदाहरणीय रहेको र आगामी दिनमा पनि पर्सेली पत्रकारिताले पत्रकार हक हितको सन्दर्भमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए।

 

कार्यक्रममा मधेश प्रदेशका सांसद श्याम पटेल, नेपाल पत्रकार महासंघका केंन्द्रिय सचिव दीपेन्द्र चौहान, प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, अनिल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, श्रीराम रायमाझी, निलिमा पौडेल, नेपाली कांग्रेस पर्साका रामनारायण कुर्मीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

 

युनियन पर्साका पूर्व अध्यक्ष रामनारायण कुर्मीले नव निर्वाचित अध्यक्ष बिजय चौहानलाई पद हस्तान्तरण गर्दै आगामी दिनमा पनि यूनियनको समग्र विकास र उत्थानमा आफ्नो सक्रिय सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो। नेपाल प्रेस युनियनको दशौं अधिवेशनबाट पर्सा जिल्ला अध्यक्षमा बिजय चौहान, उपाध्यक्षमा अली असगर देवान र क्रान्ति साह, सचिवमा इरफ़ान अलीलगायतका पदाधिकारीनिर्वाचित भएका हुन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.