logo

प्रस्तावित शिक्षा बिधयेक शिक्षकद्वारा जलाइयो, माँग पुर नभए बिद्यालय बन्दको धम्की

 इसीमाना सम्वाददाता     २०८० भदौ २९ गते ०८: ४६ मा प्रकाशित     896   पटक पढिएको

बीरगंज ।  दुई दिन अघि सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षक संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन । शिक्षक महासंघका नेताहरुले आफ्ना मागहरु विधेयकमा सम्बोधन हुने वातावरण नबनेसम्म विद्यालयको पठनपाठन ठप्प पार्ने धम्कि दिएका छन् ।

May be an image of 6 people, people smiling and temple


उनीहरुले शुक्रवार देशैभरि प्रस्तावित बिधयेकको प्रति जलाएका। पर्साका स्थानीय तहको कार्यालय अगाडि शिक्षकहरुले प्रचण्ड सरकार मूर्दावाद भन्दै बिधयेक जलाएका हुन ।

 

महासंघ स्थानीय सरकार माहतहत हुने शिक्षकको व्यवस्थापन प्रतिको प्रवन्धमा असहमती जनाएको छ । । विद्यालय तह सम्म स्थानीय सरकार मातहत हुने प्रवन्धलाई महासंघले परिर्वतन गर्नु पर्ने माँग राखेको छ ।


महासंघकी अध्यक्ष कमला तुलाधरले आन्दोलन रहर नभएर वाध्यता भएको जिकीर गरिन् ।

May be an image of 9 people, people standing, crowd and text

२०३८ सालमा १०४ दिन विद्यालय बन्द भएको ईतिहास छु उनले भनिन् सरकारले हाम्रा माग चाँडै पुरा गर्यो भने चाँडै नै सकिन्छ ढिलो गर्यो भने लम्बिन्छ, सरकारले कति चाहन्छ त्यति दिन विद्यालय बन्द हुन्छन् ।

378780630_884417726656258_2984081750452759197_n_ZXxepew1w6.jpg

यता पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका , पर्सागढी नगरपालिका, बिन्दवासीनी गाउँपालिका ,पोखरिया नगरपालिका, ठोरी गाउँपालिका , छिपहरमाई गाउँ पालिकामा शिक्षकहरूले विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को प्रतिलिपि जलाएका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.