logo

संघियता र गणतन्त्रलाई संस्थागत गर्न नेम्वाङको कमी महशुस हुनेछः एमाले नेता सिंह

 इसीमाना सम्वाददाता     २०८० असोज २ गते ०९: २४ मा प्रकाशित     817   पटक पढिएको

बीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले संघियता र गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङको कमि महसुस हुने बताएका छन ।

 

नेम्बाङको सम्मानमा पर्सागढी नगरपालिकाको बढनिहार चौकमा स्थित सामुदायिक भवनमा आयोजीत श्रद्धाञ्जली सभालाई समबोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन ।

 

सिंहले सहमति र सहकार्यबिच राजनिती गर्ने नेता नेम्वाङ सत्ता र शक्तिको कहिले पनि दुरुपयोग नगर्ने राष्ट्रको नेता रहेको जानकारी दिए ।


श्रद्धाञ्जली कार्यक्रममा पर्सागढि नगरपालिका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण पाठक, नेपाली काङ्ग्रेस पार्टीका प्रतिनिधि धर्मदेव पंजियार, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बिक्रम कार्की, नेकपा समाजवादी पार्टीका नगर सचिव अरुण प्रकाश रेग्मी, नेकपा माओवादी पार्टीका प्रतिनिधि बलराम आचार्यले नेम्वाङले देश र जनताप्रति खेलेको भुमिकाबारे मन्तव्य ब्यक्त गरेका थिए ।

 May be an image of 6 people and text


कार्यक्रम पालिका कमिटीका सचिव रामबहादुर चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामबाबु सिंह, जिल्ला कमिटी सदस्यहरु रामचन्द्र राम, सीता लामा, बैजनाथ पटवारी, अर्जुन नेपाल , सिकेन्द्र पटेल, नगरकमिटीका सदस्यहरु र जननिर्वाचित प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो।

यसैगरि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष र प्रतिनिधि सभाका पुर्व सभामुख सुबासचन्द्र नेम्बाङको श्रद्धाञ्जली सभा पर्सा जिल्ला बहुदरमाई नगरपालिकाको बहुअरी चौकमा स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ।

 

पालिका कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा भएको उक्त श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, केन्द्रीय सदस्य अरबिन्द सिंह र केन्द्रीय सल्लाहकार कमिटी सदस्य शिव पटेलले सुबासचन्द्र नेम्बाङको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका थिए। कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका सदस्यहरु र जननिर्वाचित प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.