logo

मधेशमा माओवादीको प्रचार भेला सम्पन्न,देवकोटाको नेतृत्वमा प्रदेश प्रचार संयन्त्रको निर्माण

 इसीमाना सम्वाददाता     २०८० असोज २१ गते ०८: ५३ मा प्रकाशित     661   पटक पढिएको

वीरगन्ज। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार बिभागका प्रमुख अग्नी सापकोटाले अहिले सरकारलाई असफल बनाउनका लागि भने देशी बिदेशी शक्तिहरु लागि रहेका बताएका छन । प्रेस सेन्टर पर्साले आतवार बीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सापकोटाले यस्तो बताएका हुन ।

उपाध्यक्ष सापकोटाले अहिले जनताले सरकार परिवर्तन नचाहेको भन्दै तत्काल सरकार फेरबदरको कुनै संभावना नरहेको स्पष्ट पारे । बर्तमान सत्ताको मुख्य घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नै काँग्रेसको केन्द्रीय समितिको बैठकमा नै गठबन्धन लामो समय जाने भनेर भनिसकेकाले गठबन्धनमा कुनै समस्या नरहेको उनको तर्क थियो।

बर्तमान गठबन्धनमा कुनै दरार आउदैन भन्दै उनले एमाले र माओवादीकाबीचमा कुनै तालमेल वा एकता हुने संभावना नरहेको प्रष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव एवम् मधेश प्रदेशका इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेशमा धेरै परिवर्तन भएको दावी गरे ।

 

प्रेस सेन्टरका उपाध्यक्ष एवम् मधेश प्रदेशका इचार्ज गोबिन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान, तीन महिने अभियानका संयोजकहरु क्षेत्र बहादुर श्रेष्ठ अनिल, प्रल्हाद बुढाथोकी, अच्युतम काफ्ले, राजु खड्का, वैकल्पिक केन्द्रीय सदस्य रामबाबु बैठा, राजन पौडेल लगायत माओवादी नेताहरुले बोलेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्र प्रचार तथा प्रकाशन विभाग मधेस प्रदेशले पार्टीको तीन महिने अभियानका लागि मधेस प्रदेश अभियान प्रचार प्रसार संयन्त्र गठन गरेको छ । पार्टीको अभियानलाई व्यापक प्रचार प्रसार गरी आम जनतासम्म पु¥याउन संयन्त्र गठन गरिएको हो ।

प्रचार विभाग सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको संयोजकत्वमा २१ सदस्यीय संयन्त्र गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रभाकर गुप्ता, मूकेश साह, जितेन्द्र श्रीवास्त, भक्ति रिजाल, जयप्रकाश मण्डल, छेदी रजक, निरज पिठाकोटे मगर, प्रदीप गौतम, रानी साह, क्षितिज विक, निराजन साह, विनोद महतो रहेका छन् । यसैगरी जीवस मण्डल उदासी, जितेन्द्र गुप्ता, पुजन सिंह, सुजन पुडासैनी, विनिता दाहाल पनि सदस्यमा चयन गरिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.