logo

बिभिन्न पार्टी परित्याग गरि जसपामा ३ सय बढी प्रवेश,जसपाले नै मधेशीको समस्या हल गर्ने मंत्री कलवारको भनाई

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०८: ०६ मा प्रकाशित     984   पटक पढिएको

बीरगंज । जसपा नेपालद्वारा वडा न २ भेडियारीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ३ सय जना जसपामा प्रवेश गरेको पार्टीका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

 

जनता समजवादी पार्टी नेपाल पर्साको समन्वय तथा जनता समाजवादी नेपाल कालिकामाइ गाउँपालिका समितिले आयोजना गरेको कार्यक्रम पार्टीका वडा एकाइ समितिका तैयब खा पैठानको अध्यक्षता म्पिन्न भएको हो ।

May be an image of 9 people and dais

कार्यक्रममा मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन साह कलवारले पार्टीमा प्रवेश गरेका नव प्रवेशीलाई अविर माला लगाई स्वागत गरेका थिए ।


नेकपा एस परित्याग गरि सुनिल साह कानु र संजय साह कानुको संयुक्त नेतृत्वमा १ सय २० जना, हरिकिशोर पासवानको नेतृत्वमा लोसपा परित्याग गरि ५० जना, लालमहमद राउत गद्दीको नेतृत्वमा नेपाली काङ्ग्रेस परित्याग गरि ३० जना, नरेश कुश्वाहाको नेतृत्वमा लोसपा परित्याग गरि ३० जना

जसपामा प्रवेश गरेका हुन । कार्यक्रममा मंत्री कलवारले जसपा नै जनताको पार्टी भएको चर्चा गर्दै जसपाले नै आम मधेशीको समस्या हल गर्ने बताए ।

May be an image of 3 people and people smiling

उनले आफू बिकासको काममा निरन्तर लागि परेको र जनताले त्यसको प्रतिफल पाउदै गरेको स्पष्ट पारे । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ पालिका समिति अध्यक्ष दिनेश साह कलवार, जिल्ला सदस्य ताजिन्द्र साह कलवार, कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता, १ न वडा अध्यक्ष लालबाबु राउत, ३ न वडा अध्यक्ष संजय पटेल, ५ न वडा अध्यक्ष जयनारायण पटेल, कालिकामाइ गाउँपालिका सल्लाहकार अरमान खान, युवा नेता असलम आलम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रमका संचालन रामशन्कर प्रसाद चौरासीयाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.