logo

बिभिन्न पार्टी परित्याग गरि जसपामा ३ सय बढी प्रवेश,जसपाले नै मधेशीको समस्या हल गर्ने मंत्री कलवारको भनाई

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १७ गते ०८: ०६ मा प्रकाशित     1323   पटक पढिएको

बीरगंज । जसपा नेपालद्वारा वडा न २ भेडियारीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ३ सय जना जसपामा प्रवेश गरेको पार्टीका जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

 

जनता समजवादी पार्टी नेपाल पर्साको समन्वय तथा जनता समाजवादी नेपाल कालिकामाइ गाउँपालिका समितिले आयोजना गरेको कार्यक्रम पार्टीका वडा एकाइ समितिका तैयब खा पैठानको अध्यक्षता म्पिन्न भएको हो ।

May be an image of 9 people and dais

कार्यक्रममा मधेश प्रदेश सरकारका उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन साह कलवारले पार्टीमा प्रवेश गरेका नव प्रवेशीलाई अविर माला लगाई स्वागत गरेका थिए ।


नेकपा एस परित्याग गरि सुनिल साह कानु र संजय साह कानुको संयुक्त नेतृत्वमा १ सय २० जना, हरिकिशोर पासवानको नेतृत्वमा लोसपा परित्याग गरि ५० जना, लालमहमद राउत गद्दीको नेतृत्वमा नेपाली काङ्ग्रेस परित्याग गरि ३० जना, नरेश कुश्वाहाको नेतृत्वमा लोसपा परित्याग गरि ३० जना

जसपामा प्रवेश गरेका हुन । कार्यक्रममा मंत्री कलवारले जसपा नै जनताको पार्टी भएको चर्चा गर्दै जसपाले नै आम मधेशीको समस्या हल गर्ने बताए ।

May be an image of 3 people and people smiling

उनले आफू बिकासको काममा निरन्तर लागि परेको र जनताले त्यसको प्रतिफल पाउदै गरेको स्पष्ट पारे । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ पालिका समिति अध्यक्ष दिनेश साह कलवार, जिल्ला सदस्य ताजिन्द्र साह कलवार, कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता, १ न वडा अध्यक्ष लालबाबु राउत, ३ न वडा अध्यक्ष संजय पटेल, ५ न वडा अध्यक्ष जयनारायण पटेल, कालिकामाइ गाउँपालिका सल्लाहकार अरमान खान, युवा नेता असलम आलम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य गरेका थिए । कार्यक्रमका संचालन रामशन्कर प्रसाद चौरासीयाले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

रसुवा बाढीमा बेपत्ता वीरगंजका ६ नागरिकको खोजी तीव्र बनाउन पूर्वमन्त्री यादवको मांग

वीरगंज । रसुवा बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुरका ६ जना नागरिकको अवस्था अझै अज्ञात रहेपछि पीडित परिवारको पीडा झनै गहिरिँदै गएको छ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.