logo

राष्ट्रिय सभा सदस्यकालागि नेपाली कांग्रेसमा पर्साका अमात्यको नाम सिफारिश

 इसीमाना सम्वाददाता     २०८० पौष १५ गते ०४: ४० मा प्रकाशित     637   पटक पढिएको

बीरगंज । सत्तारुढ नेपाली कांग्रेस मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको को नाम सिफारिस गरेको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णकुमार यादवले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जानकारी दिए ।

पर्साबाट नेपाली कांग्रेसका पर्साका पूर्व सभापति संबिधान सभाका सदस्य अधिवक्ता समेत रहेका राजेन्द्र शहादुर अमात्यको नाम सिफारिश भएको छ । शहीद तेज बहादुर अमात्यका सुपुत्र अमात्य भद्र तथा शालीन नेताको रुपमा परिचित छन ।

 

कांग्रेस मधेश प्रदेश समितिले पहिलो प्रथामिकतामा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र दोश्रो प्रथामिकतामा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम सिफारिश गरेको छ ।


त्यसपछि सर्लाहीबाट नागेन्द्रकुमार, बाराबाट राधेचन्द्र यादव, महोत्तरीबट रामचन्द्र तिवारी, पर्साबाट राजेन्द्र बहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिश गरेको छ ,

नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सात वटै प्रदेशबाट नाम संकलन गरेको छ ।


राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना राष्ट्रियसभा सदस्यका लागि पुस २३ गते उम्मेदवारले आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले एक जनालाई मनोनीत गर्ने व्यवस्था रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.