logo

माधव नेपालको कारण रौतहटको बिकास भएनः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० माघ २५ गते ०४: ४६ मा प्रकाशित     199   पटक पढिएको

गौर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सुरु गरेका विकासका आयोजनाहरू गठबन्धन सरकारले पूरा गर्न नसकेको बताएका छन्।


नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले बनाएको पोखरा विमानस्थल गठबन्धन सरकारले सञ्चालन गर्न नसकेको बताएका हुन।


एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजनीतिमा आउनुभन्दा पहिला आफूले रौतहट आएर राजनीति सुरु गरेको बताउँदै ओलीले माधव नेपालकै कारण रौतहटमा विकास हुन नसकेको आरोप लगाए।


आफ्नो बनी बनाउको घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै गएका माधव नेपाललाई गठबन्धनले लात हानेर निकालेपछि उनी घर न घाटका हुने ओलीको जिकिर थियो।
१५ सालमा एमालेको लालकिल्ला रहेको रौतहटलाई पुन एमालेकै लालकिल्लाको रुपमा स्थापित गर्न एमालेपंक्तिलाई निर्देशीत गरे ।


अहिलेको देशको जरजर अवस्थाको कारण गठबन्धन सरकार भएका कारण अब यो सरकारले देश चलाउन नसक्ने उनको भनाई रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.