logo

जाग्दै मधेशका दलीत,राजनीतिक रुपमा हस्तक्षेपको तयारी , हरेक वडामा वडाध्यक्षका उम्मेदवार तयार पारिदै

 इसीमाना सम्वाददाता     २०८१ पौष १८ गते ०७: २९ मा प्रकाशित     329   पटक पढिएको

बीरगंज ।  पर्साको सखुवा प्रसौनी गाँउपालिकामा बुधबार दलित दबाब समूह गठन गरिएको छ । हरिलाल रामको अध्यक्षतामा सम्पन्न गाँउपालिका स्तरीय दलित भेलाले नौ सदस्यीय दलित दबाब समुह गठन गरिएको हो ।

दबाब समुहको उपाध्यक्षमा छनु पासवान, सचिवमा हाकिम मुसहर, कोषाध्यक्षमा महेश राम र सदस्यमा सुरेन्द्र पासवान, तेतरी देवी लगायत रहेका छन् ।

दलित समुदायको सामाजिक न्याय,  स्वतन्त्रता, रुपान्तरण, शिक्षा, राजनीतिमा पहुँच तथा राजनीतिमा नेतृत्वका लागि दलित दबाब समूह गठन गरिएको पिस फोर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले बताए ।

भेलामा अबको निर्वाचनमा दलित समुदायबाट प्रत्येक वडामा वडाध्यक्षको उम्मेदवार बनाउने, दलित समुदायको आत्मबल बढाउने, वडा देखि स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्ने, दलित समुदायलाई एकीकृत गर्ने विषयमा पनि छलफल भएको रामले जानकारी दिए ।

दलित अगुवा, दलित महिला लगायतको सहभागीता रहेकोे भेलामा सहजिकरण पिस फोर दलित फाउन्डेसनका अध्यक्ष रामले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

भारतीय नम्बर प्लेटको कार दुर्घटना, एकको मृत्यु, दुई घाइते

जनकपुरधाम । काठमाडौँबाट जनकपुरधाम आउँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

अंग्रेजी नयाँ वर्षको अवसरमा क्लोथ बैंकद्वारा कबिर बाल आश्रमलाई न्यानो सामग्री हस्तान्तरण

जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवीय सेवाको सन्देशसहित सामाजिक कार्यको सुरुवात गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.