logo

सप्तरीमा प्रेस चौतारी नेपालको अधिवेशनमा माघ २५ मा

 इसीमाना सम्वाददाता     २०८१ माघ ८ गते ०७: ३४ मा प्रकाशित     665   पटक पढिएको

राजबिराज  । प्रेस चौतारी नेपाल सप्तरीको जिल्ला अधिवेशन माघ २५ गते शुक्रबार राजबिराजमा गर्ने निर्णय भएको छ ।

मंगलबार सप्तरीको भारदहमा बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्ला अध्यक्ष डम्बर राईको अध्यक्षता तथा केन्द्रीय सदस्य खगेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मंसिर २८ मा सम्पन्न नेपाल पत्रकार महासंघ  सप्तरी शाखाको चुनावका बिषयमा समिक्षा भएको थियो ।

महासंघको चुनावमा सप्तरीमा संगठनले सतप्रतिशत नतिजा ल्याउन सफल भएको निष्कर्ष निकालिएको थियो । बैठकmले सहकर्मी संगठन नेपाल प्रेस युनियन र समाजबादी प्रेस संगठनको संयुक्त प्यानललाई चुनावमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मतदाता,  निर्वाचन समिति र सुरक्षाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरको छ ।

 बैठकले प्रेस चौतारी नेपालमा नयाँ सदस्यता, सदस्यता नविकरण र जिल्ला अधिबेशन गर्ने सम्मको विषयमा छलफल भई निर्णय भएको थियोे ।

साथै जिल्ला अधिबेशनलाई सफल बनाउन कृष्ण मण्डलको संयोजकत्वमा आर्थिक समिति र पिन्टु यादवको संयोजकत्वमा व्यवस्थापन समिति गनठ गरिएको अध्यक्ष राइले बताए ।

 आर्थिक समिति सदस्यमा भुपदेव माली र नविन निर्भय यादव त्यसैगरी व्यवस्थापन समिति सदस्यमा पुनम पोखरेल र रवि शर्मालाई राखिएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.