logo

स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न सामाजिक संजाल ऐन आवश्यक छः सभामुख मण्डल

 इसीमाना सम्वाददाता     २०८१ फागुन १७ गते ०५: ४५ मा प्रकाशित     541   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामाजिक सञ्जाल विधेयक स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न ल्याएकोले त्यसलाई अन्याथा मान्नु पर्ने अवस्था नरहेको बताएका छन ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज( मधेस प्रदेशको पाँचौँ साधारणसभाको शनिबार बाराको कोल्हवीमा उदघाटन गर्दै प्रमुख अतिथि मण्डलले यस्तो बताएका हुन । 


उनले अनुशासन र स्वतन्त्रता वीचको सन्तुलन आवश्यक रहेको बताए । स्वतन्त्रताको नाममा स्वच्वन्द हुने र अनुशासनको नाममा निरंकुश हुने दुबै प्रवृति गलत भएको बताए ।

सभामुख मण्डलले कानून आवश्यकताको आधारमै निर्माण हुने चर्चा गर्दै सामाजिक संजालहरुको नियमन आजको आवश्यकता भएकोमा जोड दिए । 

ुभामुख म०डलले पत्रकारितामा सत्यता, निष्पक्षता, स्वतन्त्रताको मूल्य मान्यता स्थापित हुनुपर्ने ठाउँमा यी विषयहरु अहिले मिडिया हाउससँग नीहित भएकोले सत्यको धर्ममा ठिंग उभिन नसकेको बताए ।

आज फेरि त्यस्तै अवस्था हुने चिन्ता रहेपनि शुरूवातमा कठिनाई हुने तर त्यसलाई पार लगाउनु पर्ने उनको भनाई छ  ।

 

कार्यक्रममा फोनीजका उपाध्यक्ष लक्की चौधरीले संघीयतालाई ब्यवहारिक रुपमा कार्यान्वय गर्न अझै बाँकी रहेको बताए । उनले कर्मकाण्डी पारमा संघीयतालाई कार्यान्वयन गर्न खोजेको भन्दै सरकारको आलोचना गरे ।

महासचिव समीर बलामीले सामाजिक संजाल ऐनको आवश्यकतामाथि चर्चा गरेका गरेका थिए ।

 

उनले सामाजिक संजाल ऐन सामाजिक संजाल मार्फत भइरहेका अराजकतापूर्ण क्रियाकलाप नियन्त्रण र नियमन गर्न ल्याइएकोले त्यही अनुरुप हेर्न जरुरी रहेको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.