logo

स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न सामाजिक संजाल ऐन आवश्यक छः सभामुख मण्डल

 इसीमाना सम्वाददाता     २०८१ फागुन १७ गते ०५: ४५ मा प्रकाशित     705   पटक पढिएको

वीरगञ्ज । मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सामाजिक सञ्जाल विधेयक स्वतन्त्रताको नाममा बढेको अराजकता नियन्त्रण गर्न ल्याएकोले त्यसलाई अन्याथा मान्नु पर्ने अवस्था नरहेको बताएका छन ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज( मधेस प्रदेशको पाँचौँ साधारणसभाको शनिबार बाराको कोल्हवीमा उदघाटन गर्दै प्रमुख अतिथि मण्डलले यस्तो बताएका हुन । 


उनले अनुशासन र स्वतन्त्रता वीचको सन्तुलन आवश्यक रहेको बताए । स्वतन्त्रताको नाममा स्वच्वन्द हुने र अनुशासनको नाममा निरंकुश हुने दुबै प्रवृति गलत भएको बताए ।

सभामुख मण्डलले कानून आवश्यकताको आधारमै निर्माण हुने चर्चा गर्दै सामाजिक संजालहरुको नियमन आजको आवश्यकता भएकोमा जोड दिए । 

ुभामुख म०डलले पत्रकारितामा सत्यता, निष्पक्षता, स्वतन्त्रताको मूल्य मान्यता स्थापित हुनुपर्ने ठाउँमा यी विषयहरु अहिले मिडिया हाउससँग नीहित भएकोले सत्यको धर्ममा ठिंग उभिन नसकेको बताए ।

आज फेरि त्यस्तै अवस्था हुने चिन्ता रहेपनि शुरूवातमा कठिनाई हुने तर त्यसलाई पार लगाउनु पर्ने उनको भनाई छ  ।

 

कार्यक्रममा फोनीजका उपाध्यक्ष लक्की चौधरीले संघीयतालाई ब्यवहारिक रुपमा कार्यान्वय गर्न अझै बाँकी रहेको बताए । उनले कर्मकाण्डी पारमा संघीयतालाई कार्यान्वयन गर्न खोजेको भन्दै सरकारको आलोचना गरे ।

महासचिव समीर बलामीले सामाजिक संजाल ऐनको आवश्यकतामाथि चर्चा गरेका गरेका थिए ।

 

उनले सामाजिक संजाल ऐन सामाजिक संजाल मार्फत भइरहेका अराजकतापूर्ण क्रियाकलाप नियन्त्रण र नियमन गर्न ल्याइएकोले त्यही अनुरुप हेर्न जरुरी रहेको बताए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा संयुक्त अनुगमन दुई उद्योगलाई जरिवाना,महावीर एग्रो प्रोडक्ट प्रा.लि.लाई उन्मुक्ति दिएको मञ्चको आरोप

वीरगंज । वीरगंजमा उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तरसम्बन्धी अवस्थाको अनुगमनका क्रममा दुई उद्योगलाई जरिवाना गरिएको छ।

गर्मीमा विद्यार्थीलाई राहत, पोखरियाका दुई विद्यालयलाई ५ पंखा

पोखरिया । गर्मीका कारण पठनपाठनमा असहजता भोगिरहेका विद्यार्थीलाई राहत पुग्ने गरी पर्साको पोखरियाका दुई विद्यालयमा पंखा जडानका लागि सहयोग गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.