logo

नेकपा एमाले धनुषाको अध्यक्षमा महासेठ पक्षीय यादव निर्वाचित

 इसीमाना सम्वाददाता     २०८२ जेठ ९ गते ०८: १६ मा प्रकाशित     409   पटक पढिएको

जनकपुरधाम । नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । उनी पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् ।

 

महासेठ समूहले बनाएको प्यानलै विजयी भएको छ । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन् ।

 

 लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए ।

 

पार्टीको उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाएका हुन् ।

 

यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे । उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए ।

 

यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिन विक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन् ।

 

 पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन् ।

 

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो । ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए । सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.