logo

पर्साका राजनीतिक दलमा सृजनात्मकताको अभाव,झारा टार्दै गणतन्त्र दिवसमा दीपावली गर्ने सर्वसम्मत निर्णय

 ईसीमाना सम्वाददाता     २०८२ जेठ १३ गते १४: ४३ मा प्रकाशित     463   पटक पढिएको

वीरगंज । गणतन्त्र दिवसको अवसरमा पर्सामा दीपावली गर्ने निर्णय भएको छ ।

 

 नेपाली कांग्रेस पर्सा, नेकपा एमाले पर्सा ,नेकपा एकिकृत समाजवादी पर्सा ,राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र जसपा पर्साको आयोजनामा घण्टाघरमा दीपावली गर्ने निर्णय भएको हो ।


जनताको बलिदानीपूर्ण क्रान्तिको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध प्रतिगामीहरुको आक्रमण तिब्र भइरहेको बेला गणतन्त्रका हिमायतीहरुले गणतन्त्र दिवसलाई भब्य रुपमा मनाउनु पर्नेमा झारा टार्ने निर्णय गरेर बसेका छन ।

गणतन्त्रको स्वामित्व लिने पर्साका राजनीतिक दलहरुले अरु केही गर्न नसकेपनि पर्साका आम नागरिकलाई गणतन्त्र दिवसकोे अवसरमा घर घरमै राष्ट्रिय झण्डा फहराउन अपिल गर्न सक्थे ।

 

पर्साका बिभिन्न केन्द्रहरुमा दीपावली मनाउन आपिल गर्न सक्थे । आफ्ना सबै संगठनहरु र कायकर्ताहरु जो जाहा छन त्यही स्थानीय रुपमा कार्यक्रम बनाउने र गर्ने गरि निर्देशित गर्न  सक्थे तर माइस्थानमा दीपावली गर्ने बाहेक अरु सृजनात्मकता देखाउन नसकेर दलहरुले गणतन्त्र दिवसलाई खल्लो बनाएका छन । 

यो दिवसले हाम्रो स्वतन्त्रता र लोकतन्त्रको सम्मान गर्न सिकाउँछ भन्ने कुरालाई पर्साका दलहरुले बिर्सेको टिप्पणी गरिएको छ ।

 

पर्साका बिभिन्न स्थानका पूलहरुमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपालको प्रवेशद्वार शंकराचार्य गेटमा ठुलो झण्डा छ  ति झण्डाहरुको तल उभिएर राष्ट्रिय गान गाउने र श्रद्धा ब्यक्त गर्न अपिल समेत गर्न नसक्ने दलहरुको अल्छीपनको आलोचना स्वभाविक छ । 


दलहरुले प्रभात फेरी पनि गर्न सक्थे तर सर्वदलीय प्रभात फेरीमा जनताको सहभागिता हुने कुरा  दलकै नेताहरुलाई बिश्वास नलागेपछि गर्मिलाई बहाना बनाएर नेताहरुले त्यो जोखिम लिन चाहेनन ।

 

 नेताहरुलाई गणतन्त्रको बितरण प्रणालीमा खोट छ भन्ने लागेकै ,त्यसले जनतालाई निराश बनाएको बेला जनता आउदैनन भन्ने लाग्नु स्वभाविक पनि हो ।  

 

पार्टी प्यालेसहरुमा कुनै कार्यक्रम गर्दा धेरैले सहभागिताको अवसरबाट बन्चित हुनु पर्ने, खुला कार्यक्रम गर्न नसक्ने भएपछि सबै भन्दा सजिलो दीपावलीमा सर्वसम्मत सहमती भएको स्रोतले जनायो । 


नेपाली काग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सर्वदलिय बैठकमा नेकपा एमाले पर्साका सचिव महेश दास ,  जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव, नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापा केन्द्रीय सदस्य   मनोज चौधरी , रास्वपा पर्साका अध्यक्ष हरि पन्त, नेका पर्साका प्रवक्ता राकेश पाण्डेय , जनमत पार्टीका प्रदेश सदस्य राज नारायण मिश्र र महानगर अध्यक्ष महादेव शर्मा सहभागिता थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साउने सोमवारमा दुग्धेश्वनाथ महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो

वीरगञ्ज । साउन महिनाको दोस्रो सोमवारको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित दुग्धेश्वनाथ महादेव मन्दिरमा सोमवार बिहानैदेखि हजारौं श्रद्धालुहरूको घुइँचो लागेको छ।

सुनसरीमा गोली चल्यो, घटनास्थलमै १७ वर्षिय किशोरीको ज्यान गयो

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.