logo

एमालेले मधेशका ६० हजार कार्यकर्तालाई बिचारले सुसज्जीत बनाउन पार्टी स्कूल चालाउने

 इसीमाना सम्वाददाता     २०८२ जेठ १६ गते ०६: २३ मा प्रकाशित     607   पटक पढिएको

बर्दिवास । नेकपा एमालेले मधेश प्रदेशले बैचारिक प्रशिक्षणलाई बिशेष अभियानको रुपमा संचालन गर्ने भएको छ । पार्टी स्कूल बिभागले मधेशको बर्दिवासमा आयोजना गरेको स्कूल संचालन सम्बन्धी कार्याशालाले प्रशिक्षण अभियान संचालन गर्ने भएको हो । पार्टीले ६० हजार पार्टी सदस्यलाई बैचारिक प्रशिक्षणको अभियानमा जोडने भएको हो ।  

 

एमाले मधेश प्रदेश समितिको आयोजना र केन्द्रिय पार्टी स्कूल विभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको २ दिने प्रदेश स्कूल सञ्चालन सम्बन्धि कार्यशालामा यस्तो घोषणा गरिएको हो । नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कूल विभाग प्रमुख प्रदिप ज्ञावालीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यशाला जेठ १६ र १७ गते दुइदिन सम्म चल्ने छ ।

 

पार्टिले उच्च तह, माध्यमिक तह र आधारभुत तह गरि तीन खालका स्कूल सञ्चालनको अवधारणा ल्याएको छ  ।  आधारभूततहको प्रशिक्षणका लागि कार्यशालाको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेलले जानकारी दिए ।


 मार्क्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादको आधार, समाजवाद, राज्य र कम्युनिष्ट पार्टीका बारेमा मधेश प्रदेशमा रहेका ६० हजार पार्टी सदस्यलाइ प्रशिक्षण दिइने पौडेलले बताए । कार्यशाला गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञावालीले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाई जानकारी गराउन नसकिएको बताए ।

 

उनले लोकतन्त्र आएपछी मुलुक समृद्धिको दिशा तर्फ अघिबढेको उल्लेख गर्दै राजा ल्याउछु भन्ने कुरा दिउसै देख्ने सपना भएको बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट पारे ।

 

 त्यसैगरि कार्यक्रमा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, केन्द्रिय स्कूल विभाग सचिव घनश्याम कोइराला, सदस्य रामशरण प्याकुरेल, शंकर महतो लगायतकाले आ–आफ्ना बिचार प्रस्तुत गरेका थिए ।

मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा प्रदेश सचिव मनोज पौडेलको सहजीकरण भएको कार्यक्रममा र स्वागत उपाध्यक्ष बिचारी यादवले गरे ।

 

 सो कार्यशाला गोष्ठीमा प्रदेश इचार्ज, प्रदेश पदाधिकारी, प्रदेश स्कूल विभागका सदस्य, जिल्ला इन्चार्ज अध्यक्ष स्कूल विभाग प्रमुख, जनसङगठनका प्रदेश अध्यक्षको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगंज कारागारका सबै कैदीबन्दको भाग्ने प्रयासमा सुरक्षा निकायको अवरोध कैदीबन्दी सुरक्षीत

वीरगञ्ज । वीरगको कारागार प्रशासनले एक बिज्ञप्ति जारी गरि कारागारका कैदी बन्दी सबै सुरक्षीत रहेको जनाएको छ । कैदी बन्दीहरुले भाग्ने प्रयास गरेको तर भाग्यो योजना सफल नभएको जनाएको छ ।

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.