logo

समाचार कक्षमा प्रहरी धरपकडको छानबिन गर्न सरकारलाई निर्देशन रास्वपाको निर्देशन

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १४ गते ०८: २१ मा प्रकाशित     61   पटक पढिएको

वीरगञ्ज । सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गर्न सत्ताधारी दल रास्वपाले सरकारलाई निर्देशन दिएको छ ।

 

 पार्टीको आज सम्पन्न सचिवालय बैठकले यस्तो निर्देशन दिएको हो ।

 

पत्रकार तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपको विषयमा सरकारले छानबिन प्रक्रिया अघि बढाउनुपर्ने माग उठिरहेका बेला सरकारलाई छानबिनका लागि निर्देशन दिइएको कदमलाई सकारात्मक रूपमा लिइएको छ।

 

यद्यपि, सञ्चारमाध्यमका कार्यालयको मूल ढोकामै गाडी तेर्स्याएर त्रासको वातावरण सिर्जना गरिएको अर्को घटनामा भने सम्बन्धित पक्ष मौन रहनुले प्रश्न जन्माएको छ।

 

समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनामा छानबिनको माग गर्नु स्वागतयोग्य भए पनि सञ्चारगृहको प्रवेशद्वारमै अवरोध सिर्जना गरी आतंकित पारिएको घटनालाई बेवास्ता गर्नुको कारण के हो भन्ने प्रश्नसमेत उठेको छ।

 

प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको सुरक्षाको सवालमा घटनाको प्रकृति र संलग्न पक्ष नहेरी समान रूपमा आवाज उठाउनुपर्ने भन्दै दुवै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.