logo

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पुरा

      1/30/2017 गते 00 00 मा प्रकाशित     1467   पटक पढिएको

 

बारा १७ । राजधानी बाहिरकै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । माघ २० गते उद्घाटन हुने प्रतियोगितामा ए डिभिजनका पाच र मोफसलका पाच गरी १० टिमको सहभागीता रहनेछ । आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मीको त्रिभूवन क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् ।

 

प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन् ।
अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाच लाख ५१ हजार नगद प्राप्त गर्नेछ । उपबिजेताले भने दुई लाख ५१ हजारमा चित्त बुझाउनेछ । प्रत्येक बर्ष पुरस्कार राशी बृद्धि गर्दै आएको आयोजकले यस बर्ष भने सो राशी बृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ । प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनिहरुलाई दिईने सुविधा बढाएको आयोजक क्लबका अध्यक्ष एवम् प्रतियोगिता मुल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले जानकारी दिए ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । यसैगरी प्रतियोगिता अवधीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद पाच हजार र ट्रफिले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए । आयोजकले यस बर्ष खेल अवधीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ । अध्यक्ष मियाका अनुसार खेलाडी, रेफ्री, दर्शक, पत्रकार र प्रतियोगितामा खटिएका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो । खेल अवधीमा घाईते भएमा ५० हजारसम्मको दुर्घटना बिमा र घाईते भई कसैको मृत्यु भएको पाच लाखसम्मको बिमा गरिएको अध्यक्ष मियाले बताए ।

 

झण्डी तीन महिनादेखी ५१ सदस्यीय मुल आयोजक कमिटि र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ । मैदान मर्मत, रंगशाला घेर्ने, प्यारापीट मर्मतलगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको प्रेस तथा सञ्चार संयोजक दिवाकर भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस क्षेत्रकै उत्सवको रुपमा रहेको प्रतियोगिता नजिकिदै गएपछि सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको छ । रंगशाला निर्माण, फुटवल एकेडेमी सञ्चालनलगायत खेलकुदको बिकास गर्ने विभिन्न उदेश्यसहित प्रत्येक बर्ष आयोजना भईरहेको प्रतियोगिता हेर्न दर्शक पनि उत्साहित भएका छन् ।
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.