logo

एक अविष्मरणिय साहित्यक यात्रा

      2/19/2017 गते 00 00 मा प्रकाशित     2737   पटक पढिएको

सीता प्याकुरेल
२०७३ साल फागुन ४ गते साँझ ८ बजे कलंकीबाट ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा पर्सा जिल्लास्तरीय अन्तरबिद्यालय बृहत मुक्तक प्रतियोगितामा सहभागिताका लागि बरिस्ठ गजलकार ज्ञानुवाकर पौडेल , उहाँकी धर्मपत्नी तथा मुक्तककार त्रिपुरा पौडेलसहित सुनिल अधिकारी , उदास कार्की , सुमन घिमिरे , सिता प्याकुरेल लगायत नेपाली साहित्य क्षेत्रका ६ जना सर्जकहरु पर्सा जिल्लाको ठोरीसम्मको यात्रामा निस्किएका थियौं भने यहि समुहमा मिसिएर ठोरी पुग्नकै लागि रुद्र अधिकारी , निर्मल पराजुली , दुर्गा तिवारी , द्वारिका कुंइकेल , तारा के।सी सहितको अर्को समूह बुधबार बिहानै निस्किसकेको थियो । उदास कार्कीको संयोजकत्वमा हुन गईरहेको कार्यक्रमको मूल उद्देश्य पर्सा जिल्लामा अध्ययनरत विद्यार्थीहरुमा साहित्यिक भावनाको विकास गर्नुका साथै आँफु जन्मिएको ठाउँ अनि अध्ययन गरेको बिद्यालयको लागि केहि राम्रो काम गर्नु पनि रहेको कुरा उहाँले जानकारी गराउनुभएको थियो । हामी सबैलाई थाहा नै छ , यात्राका क्रममा हुने साहित्यिक भलाकुसारी अनि रचना वाचनले गर्दा लामो दुरीको यात्रा पनि निक्कै छोटो महसुस गरिनुका साथै यात्राका क्रममा संगै रहेका सर्जकहरुमा आत्मियता अनि नजिकपन ल्याउन यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्दछन । यस्तै रह्यो यस पटकको यो यात्रा पनि । रातको समय अनि तुसारो परिरहेको चिसो चिसो मौसममा बीच बाटोमा रोकिदै पिरो हुनेगरी मरिच हालेको तातो चिया र नास्तासंगै मिठा , रमाइला साहित्यिक गफ गर्नुको मज्जा लिने मौका हामीमध्ये सबैलाई प्राप्त नहुन सक्छ, त्येसैले त निन्द्रा माया मारेर यस्तै माहोलमा रमाउन पुग्छौं हामी । रातको यात्रा भएकाले सुन्दर नेपाली भूभागहरुको अवलोकन गर्ने अवसर प्राप्त गर्न नसकेतापनि बिहानीपख केहि समयकै लागि भएपनि आँखाले हेर्न भ्याएसम्म टाढा टाढासम्म देखिने तराईको समथर फाँटहरु , फाँटहरुमा देखिने मेवा ,केरा लगायतका अन्य रुख बिरुवाहरु , मनमोहक हरियाली बातावरण , भर्खरै सुर्य उदाउदै गरेको मौसम , खरको छानो भएको लहरै देखिने एकनासका एकतल्ले घरहरु , ग्रामिण परिवेश ,स्थानीय मधेसी मुलका बासिन्दाहरुको बाहुल्यता , यसरी पहिलोपटक मेरो नजरमा कुंदीएको थियो पर्सा जिल्लाको ठोरी भन्ने ठाउँ । बिहिबार बिहान करिब ८ बजे पर्सा जिल्लाको ठोरी भन्ने ठाउँमा उत्रियपछी नेपाल र इंडियाको सिमाना रहेको बोर्डर क्षेत्रको अवलोकनमा ब्यस्त भयौं हामी । त्यसपछि कार्यक्रम हुन गईरहेको सरस्वती मा।बि।मा भेटघाट तथा कार्यक्रम संचालन र तयारीका बारेमा छलफलमा सहभागी भयौं । बिद्यालय परिसरमा उपस्थित हुँदा शिक्षक तथा बिध्यार्थीहरुको समुहले फूल अबिरसहित स्वागत गरिरहंदा हामी सबै खुसीले अनि एक प्रकारको आत्मियता र जिम्मेवारीबोधले भावविह्वल बनेका थियौं । शुक्रबार बिहान १० बजेदेखि प्रमुख अतिथि गजल सम्राट ज्ञानुवाकर पौडेलले पानसमा दियो बालेर औपचारिक रुपमा सुरु भएको कार्यक्रमको संचालन बिद्यालयकै शिक्षक प्रेम लामाले गर्नुभएको थियो । २१ जना प्रतियोगी बिध्यार्थीहरुले मुक्तक वाचन गरेको उक्त कार्यक्रममा काठमाडौँदेखि जानुभएका सर्जकहरुलाई पनि मुक्तक वाचन गर्ने अवसर प्रदान गरिएको थियो । सुनिल अधिकारी , रमेश नेपाल र कृष्णप्रसाद अधिकारी को निर्णायक मण्डलले छनोट गरेका उत्कृस्ट ४ जना प्रतियोगीहरुलाई क्रमशस् ५,५५५  , ३,३३३  , २,२२२  र १,१११ तथा प्रमाणपत्र सहित सम्मानित गरिएको थियो भने सबै २१ जना प्रतियोगीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । करिब ४ बजेतिर समापन गरिएको कार्यक्रम सब्य तथा भब्य रुपमा सम्पन्न भएको थियो । नारायण लामा , रमेश नेपाल तथा प्रेम लामा जस्ता साहित्यलाई माया गर्ने र साहित्यिक विधामा कलम चलाउदै आउनुभएका , रेडियोमा साहित्यिक कार्यक्रम संचालन गर्दै आउनुभएका व्यक्तिहरुको उपस्थिति रहेको पर्साको ठोरीमा साहित्यिक बिकासको प्रचुर सम्भावना रहेको देखिन्छ । समग्रमा भन्नुपर्दा छोटो समयको यो साहित्यिक यात्रा लामो समयसम्म मन मस्तिष्कमा रहिरहने एक अविस्मरणीय पल बनेकोछ , जसका कारण मेरा आगामी साहित्यिक यात्राहरुका लागि अझ धेरै प्रेरणा र हौसला प्राप्त भएको छ र निरन्तर रहिरहनेछ । यो यात्रामा संलग्न सम्पूर्ण सहयात्रीहरु , सम्पूर्ण विद्यार्थी , गुरुबर्गहरुमा हृदयदेखिनै हार्दिक आभार ब्यक्त गर्दछु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.