logo

नर्वेका जनतालाई बसेर खाएपनि २२ पुस्तालाई पुग्छ 

      3/29/2017 गते 00 00 मा प्रकाशित     3502   पटक पढिएको

नर्बे पनि नेपाल जस्तै पहाडी मुलुक हो र जसको १० प्रतिशत भन्दा कम भूभाग मात्रै समथर मैदान छ र बाकी भूभाग पहाड छ । दोश्रो बिश्वयुद्ध सन् १९४० देखि सन् १९४५ सम्म जर्मनीले  नर्वेलाई कब्जा ग¥यो ।  राजा भागेर बेलायेत गए अनि सन् १९४५ मा नर्बे जर्मन बाट स्वतन्त्र भयो अनि राजा आए र अहिले नर्वेमा सम्बैधानिक राजन्तत्रात्मक संसदीय प्रणाली छ ।
सन् १९५० देखि सन् १९७५ सम्म तिनीहरु खेति पाती गरि गुजारा गर्थे र धेरै जाडोको कारणले गर्दा लाखौ मानिसहरु अमेरिकामा बसाइ सरे । शाएद नर्बेलाई भाग्यले साथ् दिएको भनौ वा आफ्नो मेहेनतले पशिम समुद्र भित्र सन् १९७० मा तेलको खानि पत्ता लगाए अनि पाकिस्तानबाट कामदार ल्याई तेल निकाल्न सुरु गरि १९७८ देखि जनताको कोष बनाइ तेलको कर जति त्यही काृषमा जम्मा गर्न थाले  । कोषमा पैसा जम्मा गर्दा गर्दा अहिले १ ट्रिलियन डलर जति जम्मा भैसक्यो र जुन रकम उनीहरुले बिश्वभरि लगानी गरेका छन । नर्बेले तेल मात्रै होइन युरोपको सबै भन्दा बढी जलबिधुत  पर्यटन र भेडा पालन , गाइ पालन बाट प्रशस्त राजस्व कमाएको छ ।
त्यो पैसा कसैले कुनै कामको लागि सुको निकाल्न पाउदैन र अहिले भनिन्छ नर्बेको ५ मिलीयन जनसख्या भएको जनतालाइ २० पुस्तालाई बसी बसी खान पुग्छ । तर नर्वेको सरकार र त्याहा जनता बसेर खानेकुरालाई राम्रो मान्दैनन उनीहरु भ्रस्टाचार गर्दैनन्, पुलिस संग हतियार हुदैन , कुनै पुलिसले पेस्तोल सम्म बोकेको मैले त्यहा ४ वर्ष बस्दा देखिन र पुलिस भनेको जनताको मित्र , त्यहा कहिँ सुको भ्रस्टाचार भन्ने छैन ।
सरकारले धनी बाट मज्जा ले ५० प्रतिशत सम्म कमाएको पैसोको कर लिन्छ र गरिबलाई सहुलियेत , बिमारी पर्दा, बुढा बुढी हुदा तो पैसो मदत गर्छ । उनीहरुको पहाडमा नेपाल तिर जस्तो खेति हुन्छ, भेडा पालन , गाइ पालन, बंगुर पालन, जौ , गहु खेति गर्छन , पर्यटन ब्याबसाय राम्रो छ जहा संसार भरिका पर्यटक आउछन जसबाट खर्बौ पैसो कमाउछन । 
कलेजमा बिधार्थी युनियन हुन्थ्यो तर नितान्त बिधार्थी सेवाको लागि जस्तै बिधार्थी भ्रमण, गुणस्तरीय शिक्षा, बिधार्थिका निजि समस्या आदि आदि कुराको लागि काम हुन्छ । बिधार्थी संगठन हुदैनथ्यो तर बर्समा एक पटक युनियन बिधार्थी छान्ने चुनाब हुन्थ्यो र खासै कसैलाई मतलब पनि हुदैनथ्यो
मैले तेहा बस्दा कोहि कतै कुनै पार्टीको जुलुस, पार्टीको भित्तामा प्रचार , कतै घुस मागेको, कतै झैँ झगडा देखिन । रेडियो , टिभीमा खालि कसरि देशको अर्थतन्त्र अगाडी लग्ने, रोजगारी कसरि सृजना गर्ने बारे पार्टीहरुको बहस हुन्थ्यो । र नेपालमा पनि पेट्रोल खानि नभए पनि पर्यटन, र जलस्रोत , जडिबुटी, कृषिमा धेरै बिकाश गर्ने सम्भाबना छ ।
नेपालमा पनि फोहोरी भोटको लागि मात्रै राजनीति नगरेर वा जनताले पनि राम्रो असल ब्यक्ति , असल पार्टी लाइ चुनेर जिताएर पठाउने हो भने नेपाल नर्बे जस्तो नबने पनि एसियाको धनि देश बन्ने प्राकृतिक स्रोत भएको आशा लाग्दो देश हो ।
नर्बेले जस्तै नेपालले जलबिधुत र सगरमाथा , बुद्ध जन्मेको भूमिको पर्यटन बिकाश र भेडा पालन , गाइ पालन , बाख्रा पालन फलफुल खेति, बिश्वमा कतै नपाइने यार्षगुम्बा , जडिबुटी खेति , तरकारी खेति आदिलाइ एक रएक अरब जनता बस्ने छिमेकि भारत , चिन मा नेपालको बस्तु बेची प्रशस्त राजस्व कमाउम सक्छ ।
दिलिप  पछाईको फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बारामा सुमोको ठक्करबाट ६५ वर्षिय साहको निधन

वीरगन्ज । बाराको परवानीपुर गाउँपालिका–२ मुसहरीस्थित सडकखण्डमा गएराति टाटा सुमोको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.