logo

‘मधेसमा काठमाडौंले हेरेजस्तो कमजोर छैन एमाले’

      9/11/2017 गते 00 00 मा प्रकाशित     1963   पटक पढिएको

केही समययता म प्रदेश–२ का विभिन्न गाउँ घुमिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरुले खबर पनि सुनाउँछन्। चुनाव मज्जाले लागेको छ। राजपाको सहभागिता पछि मतदानको प्रतिशत पनि राम्रै हुने देखेको छु।

प्रदेश–२ मा कांग्रेसले आफ्नो स्थान सुनिश्चित गर्छ। ऊ नै पहिलो दल हुन्छ। मधेसवादी दलहरुको विभाजनले पनि उसलाई फाइदा पुगेको छ। छाडेर मधेसवादी दलमा गएका उसका धेरै स्थानीय नेता, कार्यकर्ता पार्टीमा फर्किसकेका छन्।

कांग्रेसले मधेस र मधेसीलाई चिढ्याउने काम गरेन। छुचो बोलेन। बरु, साथै लिएर अघि बढ्न खोज्यो। त्यसको लाभ पनि उसले पाउन सक्छ। पार्टीभित्रैको असन्तुष्टि सम्बोधन गरेर समीकरण मिलाउन सक्यो भने अघिल्लो २ चरणमा भएको स्थानीय निर्वाचनको क्षतिपूर्ति उठ्छ।

नेकपा एमालेको हकमा ऊ मधेस विरोधी पार्टी भयो, संविधान संशोधनमा सघाएन भन्ने जुन चर्चा काठमाडौंमा छ, त्यसले यता खासै प्रभाव पारेको छैन। पहिलो कुरा, धेर–थोर जेजस्तो भए पनि उसको संगठन छ। एमालेको एउटा गज्जब लागेको पक्ष के भने उसले उम्मेदवार छनोटमा बढो ध्यान दिएको छ। एमालेले जित्न सक्ने उम्मेदवारहरुको छनोट गरेको छ। चुनावको घोषणसँगै एमालेले चुनावी अभियान पनि आक्रामक रुपमा सञ्चालन गर्‍यो। त्यसैले एमाले मधेसमा पत्तासाफ हुन्छ भन्ने हल्ला सत्य होइन।

एमाले, राजपा र संघीय समाजवादी फोरमबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुन्छ। राजपा संगठित हुन नपाउँदै चुनावको सामना गर्दैछ। टिकट वितरणमा पनि असन्तुष्टि देखा परेको छ। फोरमले अलि अगाडिदेखि नै तयारी गरेकाले उसको माहौल पनि राम्रै देखिन्छ। तर, संविधान संशोधनमा बलियो गरी उभिन नसकेको भन्ने कुराले केही असर पर्ला। 

बरु, संविधान संशोधन असफल भए पनि चुनावमा आए, उनीहरुसँग पुग्दो संख्या थिएन, विकल्प पनि थिएन भनेर राजपाले सदाशयताको मत पाउन सक्छ। यो भेगमा विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको खासै प्रभाव छैन। दलगत भोट बढाउने बाहेक लोकतान्त्रिकले थप प्रभाव पार्न सक्दैन।

माओवादीको प्रचार आक्रामक देखिए पनि, अध्यक्ष प्रचण्ड आफैं सक्रिय भए पनि उसले चमत्कार गर्छ जस्तो लाग्दैन। माओवादीको संगठन पनि कमजोर छ। आगामी दिनका चुनावका लागि जनाधार बनाउने कामसम्म भएको हो। 

यस भेगमा दलभन्दा पनि व्यक्तिगत प्रभाव कस्तो छ? त्यसले नतिजा उल्ट्याउँछ। उम्मेदवारको व्यक्तित्व हेरिन्छ। समाजमा कत्तिको भिजेको छ? कत्तिको सहयोगी छ? जितेपछि के–के गर्न सक्छ आदि। व्यक्तिगत प्रभावमै केही सय मत यताउता हुनसक्छ। 

जातिगत आधारमा पनि मतदान हुन्छ। प्रभावशाली व्यक्तित्व भयो भने उसले आफ्नो जातिको भोट तान्न सक्छ। चुनाव खर्चिलो बन्दै गइरहेको छ। आर्थिक पक्षले पनि चुनावी नतिजामा प्रभाव पार्न सक्ने देखिन्छ।

(कुराकानीमा आधारित)सभारः नेपाल लाइभ डट कम

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.