logo

लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) द्वारा विपन्न परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजा सामग्री वितरण

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक २१ गते ०८: २४ मा प्रकाशित     56   पटक पढिएको

वीरगञ्ज । छठ पर्वको पावन अवसरमा लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) ले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै ९० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई साडी, खाद्यान्न एवं छठ पूजाका आवश्यक सामग्री वितरण गरेको छ।

 


क्लबले केडिया आँखा अस्पताल नजिकै रहेको सुखचैना गाउँ र वीरगञ्ज महानगरपालिका–११, श्रीपुरस्थित श्रीपुर माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी राहत सामग्री वितरण गरेको हो।

 

 सुखचैना गाउँमा ३५ र वीरगञ्ज - ११, श्रीपुरमा ५५ परिवारलाई साडी, खाद्यान्न तथा छठ पूजाका सामग्री प्रदान गरिएको थियो।
कार्यक्रममार्फत छठ पर्व मनाउन आर्थिक कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी साडी, गहुँ, तेल, नरिवल, सूपली लगायतका सामग्री वितरण गरिएको थियो।

 

 पर्वको समयमा विपन्न परिवारलाई राहत पुगोस् र उनीहरूले पनि श्रद्धा तथा उल्लासका साथ छठ पर्व मनाउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

 


कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेले सबैलाई मिलेर श्रद्धा र भक्तिपूर्वक छठी माताको पूजा गर्न आग्रह गर्दै यस्ता सामाजिक तथा धार्मिक सेवामूलक गतिविधिले आगामी दिनमा अझ ठूलो स्तरमा सहयोग गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।


त्यसैगरी, विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन डी.एन. अग्रवालले लायन्स क्लब जात, धर्म, वर्ग तथा राजनीतिक भेदभावभन्दा माथि रहेर मानवताको सेवामा समर्पित संस्था भएको बताएका थिए।

 

 उनका अनुसार लायन्स क्लबको मूल उद्देश्य नै मानव सेवा भएकाले सबै मानिसलाई समान दृष्टिले हेर्नु र आवश्यकतामा परेकालाई सहयोग गर्नु संस्थाको प्रमुख दायित्व हो।

 


उनले क्लबका अध्यक्ष लायन बिरेन्द्र साह तथा अन्य पदाधिकारी सदस्यहरूले गाउँमै पुगेर करिब १५ - २० दिनदेखि लाभग्राहीहरूको पहिचान र सूची तयार गर्न मेहनत गरेको जानकारी दिँदै प्रशंसा गरेका थिए।

 


अग्रवालले छठ पर्व अत्यन्तै पवित्र, आस्था र शुद्धतासँग जोडिएको महान् पर्व भएको उल्लेख गर्दै सहयोगस्वरूप प्रदान गरिएका सामग्रीले व्रतालु तथा विपन्न परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका थिए।

 

साथै, छठी माताले सम्पूर्ण परिवार तथा सहयोगीहरूलाई सुख, शान्ति र समृद्धिको आशीर्वाद प्रदान गरून् भन्ने कामना समेत गरेका थिए।


लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम (MJF) का अध्यक्ष लायन बिरेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन विजय कुशवाहा, एरिया चिफ लायन सुनील गुप्ता, जोन चेयरपर्सन लायन विनोद खण्डेलवाल, लायन्स सुशील चौरसिया, लायन रोशन गुप्ता, लायन ब्रह्म नारायण चौधरी, लायन श्यामसुन्दर साह, वडा सदस्य जगन महतो, वडा सचिव किसान महतो, पवन ठाकुर लगायत क्लबका पदाधिकारी, सदस्य, स्थानीय सहयोगी तथा लाभग्राहीहरूको उपस्थिति रहेको थियो।

 


दुई स्थानमा गरी कुल ९० विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको यस कार्यक्रमले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वसँगै सामाजिक एकता, सद्भाव र मानव सेवाको भावनालाई समेत उजागर गरेको सहभागीहरूले बताएका थिए।


'मानव सेवाभन्दा ठूलो धर्म छैन' भन्ने मूल भावनाका साथ लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमले आगामी दिनमा पनि समाजका विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई लक्षित गरी यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

वन व्यवस्थापन समितिका पदाधिकारी माथि गम्भिर आरोप , घुस मागेको सञ्चालक साहको दाबी,आरोप अतिरन्जीत, अध्यक्ष गद्धी

वीरगन्ज ।एक जना सःमिलकाका संचालकले साझेदारी बन उपभोक्ता समिति र बन सुरक्षाकर्मीले घुस माँगेको आरोप लगाएका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.