वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–८ रमौली टोलबाट प्रहरीले बेवारिसे अवस्थामा दुई थान सालको काठ र एउटा साइकल बरामद गरेको छ।
शुक्रवार बिहान करिब ४ः३० बजेको समयमा प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले रमौली टोलस्थित क्षेत्रमा जाँच गर्ने क्रममा उक्त काठ तथा साइकल बेवारिसे अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद गरिएको काठको लम्बाइ ७ फिट र गोलाइ ४ फिट रहेको छ।
दुई थान सालको काठसहित एउटा साइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
तपाईको प्रतिक्रिया