logo

कृषि अनुसन्धानमा नयाँ गति थप्दै मधेशको निर्देशनालय, पूर्वाधार र राजस्व वृद्धिमा देखियो उपलब्धि

 इसीमाना सम्वाददाता     २०८३ कार्तिक १९ गते ०२: ३२ मा प्रकाशित     64   पटक पढिएको

वीरगञ्ज । कृषि क्षेत्रको अनुसन्धान, उत्पादन वृद्धि र आधुनिक प्रविधिको विस्तारलाई केन्द्रमा राख्दै बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशले आफ्नो गतिविधि तीव्र बनाएको छ।

 

पूर्वाधार निर्माणदेखि कृषि उपकरण व्यवस्थापन, नयाँ अनुसन्धान इकाइको अवधारणा र राजस्व वृद्धिसम्मका कामले पछिल्लो समय निर्देशनालयको गतिविधि विस्तार भएको देखिएको छ।

 

निर्देशनालयका निर्देशक डा. बी.पी. यादवको पहलमा संसदीय कोषबाट २ करोड ८० लाख रुपैयाँ खर्च गरी कार्यालय परिसरको बाहिरी सडक ढलान गरिएको छ।

 

यसले कार्यालयको भौतिक संरचना सुधारमा सहयोग पुगेको छ। त्यसैगरी,  GGGI र कोरियाली संस्था KOICA सँगको सहकार्यमा १ करोड २६ लाख रुपैयाँ बराबरको परियोजना अनुदान विभिन्न कृषि अनुसन्धान केन्द्रसम्म पुर्‍याउन समन्वय गरिएको छ।

 

कृषि अनुसन्धानका लागि आवश्यक साधनस्रोत जुटाउने क्रममा भारतीय महावाणिज्य दूतावासबाट ६५ लाख रुपैयाँ बराबरको बस प्राप्त भएको छ।

 

प्रदेश सरकारको सहयोगमा मत्स्य अनुसन्धानसम्बन्धी उपकरण पनि उपलब्ध भएका छन्। यसबाहेक कृषि कार्यलाई यान्त्रिक र सहज बनाउन ट्र्याक्टर, राइस ट्रान्सप्लान्टर तथा आलु खन्ने मेसिनसमेत कार्यालयले प्राप्त गरेको निर्देशक यादवले बताए।

 

अनुसन्धानको क्षेत्र फराकिलो बनाउने लक्ष्यसहित निर्देशनालयले पशुपन्छी तथा बालीसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ।

 

 भैँसी र बाख्राको अनुसन्धानका लागि छुट्टै इकाइ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ भने राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सप्तरीमा जग्गा प्राप्तिका लागि पहल भइरहेको छ।

 

 कृषि अनुसन्धान उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना पनि निर्देशनालयको प्राथमिकतामा परेको छ।

 

प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा अनुसन्धान कार्यक्रम सञ्चालन गर्दै आएको निर्देशनालयले बीउ उत्पादन, नयाँ कृषि प्रविधिको विकास र प्रविधि हस्तान्तरणलाई समेत जोड दिएको छ।

 

आर्थिक पक्षमा पनि निर्देशनालयले सुधारको संकेत देखाएको छ।

 

 कार्यालयको विवरणअनुसार विगतमा वार्षिक ६० देखि ६२ लाख रुपैयाँसम्म सीमित रहेको राजस्व संकलन अहिले बढेर ९० देखि ९५ लाख रुपैयाँ पुगेको छ।

 

 बीउ उत्पादन तथा वितरण र अनुसन्धान गतिविधिलाई व्यवस्थित गर्दै आन्तरिक आम्दानी बढाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

 

तर निर्देशनालयका उपलब्धिसँगै केही चुनौती पनि देखिएका छन्।

 

 कार्यालयको विवरणअनुसार १ करोड ६५ लाख रुपैयाँ बराबरको विनियोजित बजेट तथा कार्यक्रम प्रशासनिक र व्यवस्थापकीय कमजोरीका कारण कार्यान्वयन हुन सकेन। आवश्यक कर्मचारीको अभावले पनि योजनाको प्रभावकारी कार्यान्वयनमा चुनौती थपेको छ।

 

निर्देशक डा। यादवले सीमित जनशक्तिका बीच पनि उपलब्ध स्रोतसाधनलाई अधिकतम उपयोग गर्दै कृषि अनुसन्धान र उत्पादन वृद्धिका कार्यक्रम अघि बढाइएको बताएका छन्।

 

 किसानलाई आर्थिक रूपमा सबल बनाउने, आधुनिक खेती प्रणालीका लागि आवश्यक गुणस्तरीय बीउ उत्पादन तथा वितरण गर्ने र अनुसन्धानबाट प्राप्त प्रविधि किसानसम्म पुर्‍याउने आफ्नो मुख्य प्राथमिकता रहेको डा.यादवले बताए।

 

उनले केही पक्षबाट हुने अनावश्यक प्रचारबाजीले संस्थाको उद्देश्य र गरिमामा असर पार्ने प्रयास भए पनि आफू आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे।

 

कृषि अनुसन्धान, प्रविधि विकास र किसानको आर्थिक हितलाई केन्द्रमा राखेर काम जारी राख्ने उनको प्रतिबद्धता छ।

 

कृषि उत्पादन बढाउन अनुसन्धान र प्रविधिको भूमिका महत्वपूर्ण हुने भएकाले निर्देशनालयले थालेका पहललाई प्रभावकारी कार्यान्वयनमा लैजानु अबको मुख्य आवश्यकता देखिन्छ।

 

 विशेषगरी कर्मचारी अभाव र बजेट कार्यान्वयनको समस्यालाई समाधान गर्न सके मधेश प्रदेशको कृषि क्षेत्रले थप लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पोखरियाका वडाध्यक्षद्वारा पत्रकारलाई अपशब्द र कुटपिटको धम्की , प्रेस चौतारी पर्साद्वारा भर्त्सना

वीरगन्ज ।  पर्साको पोखरिया नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानुले पत्रकारलाई सार्वजनिक मञ्चबाटै अपशब्द प्रयोग गर्दै कुटपिटको धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल, पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पोखरियामा नक्कली विवरणका आधारमा अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरी सामाजिक सुरक्षा भत्ता लिएको प्रकरणमा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.