logo

निर्वाचनबारे जान्नै पर्ने केही तथ्य

      4/22/2017 गते 00 00 मा प्रकाशित     1345   पटक पढिएको

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारी भइरहेको छ। निर्वाचनमा सबैलाई सहभागी गराउने राजनीतिक प्रयास पनि जारी छ। नयाँ संविधान लागू भएपछि पहिलो पटक संघीय संरचना अनुसार हुन लागेको यो स्थानीय तहको निर्वाचनमा केही अन्यौल पनि छन्। यस पटक देशभरका ७४४ स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिकाका प्रतिनिधि चुन्न चुनाव हुन लागेको हो। आउनुस् यो निर्वाचनबारे जान्नै पर्ने केही तथ्य जानौँ -

कस्ता व्यक्तिलाई मतदाता भनिन्छ?
निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मतदाता भनिन्छ।

स्थानीय तहको मतदाता को हुन्छ?
सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम रहेको व्यक्ति मतदाता हुन पाउँछन्।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि ककसले मतदातन गर्न पाउँछन्?
सम्बन्धित गाउँपालिकाको मतदाता नामावलीमा नाम भएका सबैजनाले अध्यक्ष र उपाध्यक्षलाई मतदान गर्ना पाउँछन्। 

नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि कसले मतदान गर्न पाउँछन्?
सम्बन्धित नगरपिलकाको मतदाता नामावलीमा नाम भएका सबै जनाले प्रमुख र उपप्रमुखलाई मतदान गर्न पाउँछन्। 

गाउँपालिकाको वडाध्यक्ष र वडा सदस्यको निर्वाचनका लागि कसले मतदान गर्न पाउँछन्?
गाउँपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम भएका व्यक्तिले वडाध्यक्ष र वडाका सदस्यलाई मतदान गर्न पाउँछन्। 

नगरपालिकाको वडाध्यक्ष र वडा सदस्यको निर्वाचनका लागि कसले मतदान गर्न पाउँछन्?
नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम भएका व्यक्तिले वडाध्यक्ष र वडाका सदस्यलाई मतदान गर्न पाउँछन्। 

गाउँ कार्यपालिकाका महिला सदस्य र दलित वा अल्पसंख्यक समदायबाट निर्वाचित हुने सदस्य निर्वाचनका लागि कसले मतदान गर्न पाउँछन्?
सम्बन्धित गाउँसभाका सदस्यहरुले मतदान गर्न पाउँछन्। 

नगर कार्यपालिकाका महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य निर्वाचनका लागि कसले मतदान गर्न पाउँछन्?
सम्बन्धित नगरसभाका सदस्यहरुले मतदान गर्न पाउँछन्।

जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुख र सदस्यहरुको निर्वाचनमा क-कसले मतदान गर्न पाउँछन्?
सम्बन्धित गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।

स्थानीय तहको निर्वाचनमा उम्म्द्वारी दिदा के कति रकम धरौटी राख्नसुपर्ने व्यवस्था छ?
1.    गाउँपालिका तथा नगरपालिकाको वडा सदस्यको लागि पाँच सय रुपैंया। 
2.    गाउँपालिका तथा नगरपालिकाका अडाध्यक्षका लागि एक हजार रुपैया। 
3.    गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि एकहजार पाँच सय रुपैया। 
4.    महिला र दलित तथा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेद्वारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुने छ। 

उम्मेद्वारले राखेको धरौटीरकम कस्तो अवस्था जफत हुन्छ?
कुनै उम्मेदवारले निर्वाचनमा मतदान भएको जम्मा सदरमतको १० प्रतिशतभन्दा कम सदरमत ल्याएमा धरौटी रकम जफत हुन्छ। 

उम्मेदवारले राखेको धरौटीकरकम कस्तो अवस्थामा फिर्ता हुन्छ?
1.    निर्वाचित उम्मेदवारको उम्मेद्वारी वा मनोनयन पत्र स्वीकृत नभएमा।
2.    उम्मेदवारी फिर्ता लिएमा।
3.    निर्वाचनमा मतदान भएको जम्मा सदसरमतको १० प्रतिशत भन्दा बढी सदसरमत प्राप्त गरेमा।

(यस्तो रकम निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ९० दिन भित्र लिइसक्नुपर्ने छ। अन्यथा संचित कोषामा जम्मा हुने कानुनी व्यवस्था छ।)

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कस्तो व्यक्ति योग्य हुन्छ?
•    नेपाली नागरिक
•    उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पुरा भएको।
•    गाउँपालिका वा गरपालिकाको सम्बनधित वडाको मतदाता नामावलीमा नम सभावेस भएको। 
•    र कानुनले अयोग्य नठहरिएको। 


मतदान

मतदान भनेको के हो?
प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुनु नै मतदान हो।

मतदान किन गर्नुपर्छ?
शासन सञ्चालनमा आफूले चाहेको योग्य प्रतिनिधि छनौट गर्न विकास निर्माणका प्रक्रियालाई गति दिन स्थानीय सेवालाई प्रभावकारी बनाउन र लोकतन्त्रलाई संस्थागत गर्न मतदान गर्नुपर्छ। 

मतदान कसरी गरिन्छ?
तोकिएको मतदान केन्द्रमा गइ दिइएको मतपत्रमा आफूले रोजेको उम्मेद्वारको निर्वाचन चिह्नमा रहेकोको कोठामा गप्यरुपले मतसंकेत गरी मतपेटिकामा मतपत्र खसालेर मतदान गरिन्छ। 

के जुनसुकै मतदान केन्द्रमा मतदान गर्न पाइन्छ?
पाइँदैन। आफ्नो नाम जुन वडाको मतदाता नामावलीमा छ। त्यही वडाको तोकिएको मतदान केन्द्रमा गएर मात्र मतदान गर्न पाइन्छ।

मतदाताले मतदान केन्द्रमा जाँदा कुनै कागजात लैजान जरुरी छ कि छैन?
निर्वाचन आयोगले मतदातालाई उपलब्ध गराएको मतदाता परिचयपत्र साथमा लैजानुपर्छ। 

मतदाताले मतदान केन्द्रमा पुगेपछि के के गर्नुपर्छ?
•    लाइनमा उभिने, नाम रुजु गराउने, औलामा मसी लगाउने र मतपत्र लिने
•    यसरी प्राप्त मतपत्रमा गोप्यरुपमा मतसंकेत (छाप) लगाइ सम्बन्धित मतपेटिकामा खसाली बाहिर जाने। 

मतदानकेन्द्रमा पुगेपछि अल्मलिएमा कसलाई सोध्ने?
मतदान कार्यमा खटिएका स्वयंसेवकहरु वा सुरक्षाकर्मीहरु वा मतदान कार्यमा खटिएका कर्मचारीहरु। 

मतपत्रमा कसरी छाप लगाउनुपर्छ?
•    मतदानका लागि मतदाताले स्वस्तिक छाप नै लगाउनुपर्छ।
•    गोप्य मतदान कक्षमा गइ आफूले रोजेको उम्मेदवारको चिह्न रहेको कोठामा स्वस्तिक छाप लगाउनुपर्छ। 

दृष्टिविहिन वा शारिरिक असक्त मतदाताले कसरी मतदान गर्न सक्छन्?
दृष्टिबिहिन वा शारिरिक असक्तता भएका मतदताले आफै मतसंकेत गर्न असक्त भएमा, मतदान अधीकृतको अनुमति लिइ एकाघरका परिवारको सदस्यलाई मतदान गेन लगाउन सक्छन् वा निजले भनेको चिह्नमा मतदान अधीकृतलाई नै मतसंकेत गरिन आग्रह गर्न सक्छन।

कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाताले कुन-कुन प्रतिनिधिको लागि मतदान गर्नुपर्छ? 
कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक वडाको मतदाताले जम्मा सात प्रतिनिधिका लागि मतदान गर्नुपर्नेछ। 

गाउँपालिकाहरुमा

गाउँपालिकाहरुमा

संख्या

प्रमुख

उपाध्यक्ष

वडाध्यक्ष

महिला वडा सदस्य

दलित महिला वडा सदस्य

अन्य वडा सदस्य

मतदान कसरी गर्ने?
•    गाउँपालिका र नगरपालिकाको निर्वाचनमा अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रप्रमुख, वडाध्यक्ष, महिला सदस्य दलित महिला सदस्य, तथा अन्य दुई वडा सदस्यका लागि छ वटा मतपत्र एउटै पानामा व्यवस्था गरिएको हुन्छ। यस्तो मतपत्रमा सातवटा ठाडो लाइन रहेको हुन्छ र यसमा उम्मेद्वारको निर्वाचन चिन्ह राखिएको हुन्छ। 
•    पहिलो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी अध्यक्ष वा प्रमुखको लागि मतदान गर्ने।
•    दोस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी उपाध्यक्ष वा उपप्रमुखको लागि मतदान गर्ने।
•    तेस्रो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी आफ्नो वडाका वडाध्यक्षका लागि मतदान गर्ने।
•    चौथो ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी महिला वडा सदस्यका लागि लागि मतदान गर्ने।
•    पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी दलित महिला वडा सदस्यका लागि मतदान गर्ने।
छैटौ र सातौ ठाडो लाइनमा रहेका निर्वाचन चिह्नहरु मध्ये एक निर्वाचन चिह्नमा मात्र स्वस्ततिक छापले मत संकेत गरी अन्य दुई वडा सदस्यका लागि मतदान गर्ने।

मत कसरी बदर हुन्छ?
•    सम्बन्धित मतदान अधीकृतको दस्थखत नभएको मतपत्रबाट मतदान गरेमा।
•    औठा छाप लगाइ वा तोकिएको छाप बाहेक अन्य चिह्न वा छाप लगाइ मत संकेत गरिएमा।
•    मत संकेत चिह्न नबुझिने गरी लतपचिएको वा च्यातिएको भएमा। 
•    उम्मेद्वारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मतसंकेत गरिएको भएमा। 
•    उम्मेदवार नरहेकोफ निर्वाचन चिह्नमा मात्र मतसंकेत गरेमा। 
•    निर्वाचित हुने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मतसंकेत गरेमा।
•    एक भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा मत संकेतको चिह्न पर्नेगरी मत संकेत गरिएमा। 
•    मत संकेत नगरी मतदान अधीकृतलाई फिर्ता दिएमा।
•    कुनै पनि उम्मेदवारको निर्वाचन तिह्नमा मत संकेत नगरिएमा। 
•    आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वार मतदान गरेमा।
•    मत पेटिका भन्दा बाहिर मतपत्र राखिएमा। 
•    जाली मतपत्र वा आयोगले बदर हुने भनि तोकेको मतपत्र।

मतदाताको कर्तव्य के हुन्छ?
•    मतदाता नामावलीमा आफ्नो नाम कति क्रम संख्यामा छ र मतदान केन्द्र कहाँ छ भन्नेबारे मतदान केन्द्रमा जानु अघि जानकारी राख्ने।
•    मतदान गर्ने दिन समयमै मतदान केन्द्रमा पुगी लाइन लागि शान्तिपूर्वक आफ्नो पालो कुर्ने।
•    मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी लिने र आफ्नो मतलाई बदर नहुने गरी छाप लगाइ मतपेटिकामा खसाल्ने। 
•    गर्भवति तथा सुत्केरी महिला वृद्धवृद्धा र शारिरिक रुपमा अपांगता भएका व्यक्तिलाई मतदानका लागि प्राथमिकता दिने। 
•    मतदाना गर्न जाँदा आयोगले तोकेका प्रमाणहरु साथमा लिएर जाने। 
•    मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने।
•    निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई आवस्यक सहयोग पुर्याउने, मतदानमा प्रतिकुल असर पा।र्न खोज्ने प्रवृतिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला र हुल्दुङ्गामा नलाग्ने 
•    आचारसंहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयो, निर्वाचन अकीकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउने।

निर्वाचनलाई सफल बनाउन नागरिक समाजले कस्तो भूमिका निर्वाह गर्नु पर्छ?
•    मतदातालाई निर्वाचन र मतदान प्रक्रियाबारेमा जागरुक गराउने।
•    मतदान कार्यमा खटिएका कर्मचारीहरुलाई मतदानसम्बन्धि व्यवस्थापकीय कार्यमा सहयोग पुर्‍याउने। 
•    मतदातालाई स्वतन्त्र र निर्भिक भएर मतदान गर्न पाउने वातावरण श्रीजना गर्न सहयोग पुर्‍याउने। 
•    कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी तटस्थ रहने।
•    मतदानको दिन मतदातालाई लाइनमा बसेर मतदान गर्न, अन्य सुविधा (पिउने पानी र सितल) पुर्‍याउने काममा सहयोग पुर्‍याउने।
•    अपांगता भएका, अशक्त मतदातालाई मतदान केन्द्रसम्म पुग्न सहयोग पुर्‍याउने। 
•    आचारसिंहता पालना र अनुगमनमा सहयोग पुर्‍याउने।
•    निर्वाचन पर्यवेक्षण तथा अनुगमन टोलिलाई स्थानीय परिस्थितिबारे जानकारी गराउने।
•    मतदान विथोल्ने सूचना पाएमा निर्वाचन अधीकृत  तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।  

स्वच्छ निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेद्वारले कस्ता भूमिका निर्वाह गर्नुपर्छ?
•    निर्वाचनका क्रममा निर्वाचन सम्बन्धी ऐन नियम तथा आचारसंहिता र निर्देशिकाहरुको पालना गर्ने गराउने।
•    मतदातालाई मतदान प्रक्रियाबारेमा जानकारी गराउने।
•    निर्वाचन कार्यमा कर्मचारीलाई सहयोग पुर्यारउने।
•    स्वस्थ तरिकाबाट निर्वाचनन प्रचार प्रशार गर्ने गराउने।
•    निर्वाचनमा अनतियमिता वा अन्य कुनै बाधा विरोध हुन नदिने। 
•    मतदान कार्य स्वच्छ र स्वतन्त्ररुपमा सम्पन्न गर्न राजनीतिक दलहरुबीच आफसी सहयोग सदभाव र समन्वय कायम गर्ने गराउने।
निर्वाचनमा खटिने कर्मचारीको भूमिका कस्तो हुनुपर्छ?
•    निर्वाचन सम्बन्धि सबै कामकारवाही र व्यवहारमा व्यवसायिकता निस्पक्षता तटस्थता र स्वच्छता कायम राख्ने। 
•    सिष्टता नम्रता सम्यम र धैर्यता काम गरेन।
•    सबैसँग समान व्यवहार गर्ने र कुनै उम्मेद्वार वा राजनीतिक दलसँग एकपक्षीय रुपमा निकटतम सम्बन्ध काम नगर्ने।
•    मध्यपान जस्ता निषेधित वस्तुहरुको उपभोग नगर्ने गर्न नदिने। (स्रोतः निर्वाचन आयोग)
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.