logo

गोलबजारको विद्यालयमा अध्यक्षको मनोमानी,स्थानीय आक्रोशित

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १३ गते ०७: ५६ मा प्रकाशित     340   पटक पढिएको

सिरहा । विद्यालयजस्तो संवेदनशील शैक्षिक क्षेत्रलाई निजी कार्यक्रम सञ्चालनको स्थल बनाइएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

 

कानुनअनुसार विद्यालय परिसरमा कुनै पनि कार्यक्रम आयोजना गर्नुअघि सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्था भए पनि सिरहाको गोलबजार नगरपालिका–११ स्थित श्री माध्यमिक विद्यालय बल्कावामा व्यवस्थापन समितिका अध्यक्ष तथा ‘हेल्पिङ हर्ट नेपाल’का अध्यक्ष जियाउदिन खानले यो कानुनी प्रावधानलाई वेवास्ता गरेको स्थानीयहरूको आरोप छ।

 

स्थानीयका अनुसार कक्षा सञ्चालन भइरहेका समयमा नै विद्यालय परिसर प्रयोग गरेर निजी स्वार्थ पूरा गरिएको छ, जसले विद्यार्थीहरूको पठन–पाठनमा प्रत्यक्ष असर पारेको छ।

 

विद्यालय परिसरलाई निजी प्रयोजनमा दुरुपयोग गर्नु केवल कानुन उल्लङ्घन मात्र होइन, यो विद्यालयको मर्यादा, अनुशासन र विद्यार्थीको शैक्षिक अधिकारमाथिको अतिक्रमण भएको स्थानीय युवा विजय भूषण यादव भनाई छ । 

 

यसबीच, विद्यालयका प्रधानाध्यापक बेचनप्रसाद साहले भने आफूलाई अध्यक्षले छुट्टै अनुमति लिनुपर्ने अवस्था नभएको बताए। अध्यक्ष स्वयं कार्यक्रमका आयोजक भएकाले अलग्गै अनुमति दिने कुरा भएन। मौखिक जानकारी थियो, लिखित सूचना थिएन, प्रधानाध्यापक साहले स्पष्ट पार्दै भने।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.