logo

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १२ गते ०८: ५७ मा प्रकाशित     172   पटक पढिएको

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

 

स्याङ्बो करिब तीन दशकदेखि अंग्रेजी विषयको अध्यापन गर्दै आएका छन्। उनका जेठा छोरा छिरिङ स्याङ्बो एमबिबिएस अध्ययन सकेर थप अध्ययनका लागि बेलायत जाने तयारीमा छन्। माइलो छोरा विश्वजीत स्याङ्बो भैरहवामा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छन्।

 

यस्तै, चिकित्सा शिक्षा आयोगको पछिल्लो नतिजामा समावेशी कोटाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै कान्छा छोरा अर्जुन स्याङ्बोले पनि डाक्टर अध्ययन गर्ने निश्चित भएको छ।

 

सामान्य आर्थिक पृष्ठभूमि भएकाले छोराहरूको पढाइका क्रममा समस्याहरु भोग्नुपरेको प्रधानाध्यापक स्याङ्बोले बताए। उनका अनुसार, तलबले नपुग्ने भएपछि कहिले बाख्रा र कुखुरा बेचेर, कहिले ऋण लिएर पनि छोराहरूको अध्ययन खर्च जुटाउनुपरेको थियो।

 

तीनै छोराले कक्षा १२ सम्मको अध्ययन सामुदायिक विद्यालयमै गरेका हुन्। मेहनत, मार्गदर्शन र नियमितताले सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि उत्कृष्ट नतिजा दिन सक्षम हुने उदाहरणका रूपमा स्याङ्बो परिवारलाई स्थानीयहरूले व्याख्या गरेका छन्।

 

अवसर, मार्गदर्शन र परिश्रम हो भने सामुदायिक विद्यालयका विद्यार्थीहरूले पनि असम्भवलाई सम्भव बनाउन सक्छन्।

 

स्याङ्बो परिवार अहिले समुदायभरि ‘शिक्षा, अनुशासन र अभिभावकीय समर्पण’ को जिवन्त उदाहरण बनेको छ। स्याङ्बो परिवार ठोरीको गौरव, त हो नै  देशकै प्रेरणा बनेको छ ।

दलबहादुर स्याङ्बोको अथक समर्पण र तीनै छोराको अविश्वसनीय मेहनतले ठोरीभरि एउटा नयाँ पहिचान दिएको छ ,“सपना पुरा गर्न धन होइन, दृढ इच्छाशक्ति चाहिन्छ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.