काठमाडौँ । नेकपा एमालेले आफ्नो जनसङ्गठनीय संरचना विस्तार गर्ने क्रममा नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को केन्द्रीय कमान्ड औपचारिक रूपमा घोषणा गरेको छ।
काठमाडौँको माइतीघरमा आयोजित विशेष कार्यक्रममार्फत एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय कमान्ड टिम सार्वजनिक गरेका हुन्।
कार्यक्रममा एनभीएफको केन्द्रीय कमान्डर तथा फोर्स प्रमुखको रूपमा पुष्पराज श्रेष्ठ रहेका छन ।। फोर्सलाई सुदृढ र व्यवस्थित रूपमा सञ्चालन गर्न दुई जना सह–कमान्डर पनि रहने व्यवस्था गरिएको एमालेले जनाएको छ।
घोषित ११ सदस्यीय केन्द्रीय कमान्डमा समावेश हुने अन्य सदस्यहरूमा केशव रोका,लव अधिकारी यादव ,जयराम लामा , विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल र विनिता काफ्ले, लगायत रहेका छन्।
एमालेले एनभीएफलाई युवा परिचालन, सामाजिक सेवा, प्राकृतिक विपद् व्यवस्थापन तथा विभिन्न जनसरोकारका कार्यक्रममा सक्रिय भूमिका खेल्ने उद्देश्यसहित सञ्चालन गर्ने जनाएको छ ।
उद्घाटन कार्यक्रममा सहभागी नेताहरूले संगठनले राष्ट्रिय आवश्यकताका समयमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।0
तपाईको प्रतिक्रिया