logo

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १४ गते ०१: ५६ मा प्रकाशित     899   पटक पढिएको

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

 

स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएको यो सडक पुनर्निर्माण तथा स्तरोन्नति प्रक्रियाले अब गति लिन थालेपछि त्य क्षेत्रका नागरिकमा  उत्साह देखिएको छ। नापी कार्य सुरू भएपछि निर्माणको प्रशासनिक चरण स्पष्ट रूपमा अघि बढेको जनाइएको छ।

 

यस महत्वपूर्ण परियोजनालाई अघि बढाउने क्रममा पहल र समर्थन पुर्‍याउने  व्यक्ति, जनप्रतिनिधि तथा सरोकारवालाप्रति स्थानीयतर्फबाट धन्यवाद व्यक्त गरिएको छ।

 

जनता सडकको मर्मत तथा कालोपत्रे कार्य पूरा भएपछि स्थानीय आवागमन सहज हुने, व्यापारिक गतिविधि सक्रिय हुने र समग्र क्षेत्रको विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

 यसैवीच पटेर्वा  सुगौली गाउँपालिका वडा नं २ वडाध्यक्ष बिजय गैरेले खुशीको अवर भन्दै सर्भेषकहरुसंगको एउटा तस्विर आफनो फेसबुक फेज मार्फत साझा गरेका छन ।

 

 उनले भौतिक पूर्वाधार कार्यालय पर्साले दिएको जानकारी अनुसार २ महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न भइ निर्माण कार्य अगाडि बढ्ने छ जानकारी समेत सार्वजनीक गरेका छन ।


वडाध्यक्ष गैररेले यस महत्वपूर्ण कार्यमा पहलकदमी गर्नुभएका सम्पूर्ण सम्माननीय व्यक्तिहरू, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्द्छु  भनेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.