logo

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

 इसीमाना सम्बाददाता     २०८२ मंसिर ११ गते ०७: ५५ मा प्रकाशित     74   पटक पढिएको

 
काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

 

 तालिममा महासंघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य गरी पच्चिसजना सहभागी थिए ।


सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न र पत्रकारलाई सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवार बताउन तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष निर्मला शर्माले बताउनुभयो ।


प्रशिक्षणपछि प्रशिक्षकहरुले महासंघको देशैभरी रहेका आफ्ना शाखामार्फत पत्रकारहरुलाई जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग गर्ने बारेमा अभिमुखीकरण प्रदान गरिने महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।


समाचारको विश्वसनीयताका लागि पत्रकारहरुले जिम्मेवारपूर्वक पत्रकार आचारसंहिता प्रयोग गर्नु अति जरुरी रहेको प्रशिक्षक उज्ज्वल आचार्यले उल्लेख गर्नुभयो ।

 

उहाँले पत्रकार आचारसंहितालाई अक्षरस पालना गरे सञ्चारमाध्यमप्रतिको विश्वास बढ्ने र पत्रकारको पेशागत सुरक्षा बलियो हुने धारणा राख्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

धनुषामा गरिब परिवारलाई उठीबास गराएको आरोप, हेडमास्टर यादव विवादमा

जनकपुरधाम । धनुषाको गणेशमानचारनाथ नगरपालिका–११ डुमरियामा एक गरिब परिवारलाई जबरजस्ती उठीबास गराएको आरोप सार्वजनिक भएको छ। उक्त आरोप स्थानीय हेडमास्टर शम्भु यादवमाथि लागेको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.