logo

रोड ढलान भएको दुई दिनमै चर्कियो

      7/5/2017 गते 00 00 मा प्रकाशित     1298   पटक पढिएको

बीरगंज २१ असार ।
असारको महिना छ । आर्थिक वर्षको अन्तिम महिना भएकोले सरकारी अड्डा सहित नीजि क्षेत्र पनि निकै सक्रिय भएको देखिन्छ । सरकारी अड्डाको सक्रियता भने बिचित्रको हुन्छ । श्रावण देखी शुरु हुने आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्र बिकासका कामले गति लिन्छन । यही समयमा मानविय बिकासकालागि तालिमहरुको आयोजना हुन्छ । क्षमता अभिबृद्धिको कुरा हुन्छ । तर त्यसको प्रतिफल मापन हुने अवस्था नै आउदैन किन भने अर्को आर्थिक वर्ष शुरु हुन्छ । अर्को आर्थिक वर्षको बजेट ब्यवस्थापनमा बिज्ञहरु लिन हुन्छन । भौतीक निर्माणको काम यतिवेला नै शुरु हुन्छ । पहिला जस्तो अहिले पनि सबै भन्दा बढी बिकास माटो पुरी ग्राभेल गर्नेमा भएको देखिन्छ । एक जना बिकासे कार्यालयका अधिकृत को टिप्पणी भने यस्तो छ “ त्यो बिकास त होइन तर धेरै पैसा यसमा लाग्ने गरेको ” । असारको २५ गतेबाट कोष तथा लेखा नियन्त्रक कार्यालयले खाता बन्द गर्छ त्यो भन्दा पहिला निकासा गराई सक्नु पर्छ । यस्तो चापमा काम गर्दा कस्तो हुन्छ भन्ने कुराको नमुना यस्तो छ ।सीमा क्षेत्र बिकास कार्यक्रम ओली सरकारले ल्याएको योजना हो । सीमा क्षेत्रमा रहेका जनताले राज्य छ भन्ने कुराको अनुभूती गरुन । सीमा पारीमा भएको बिकास  जस्तै आफनो क्षेत्रमा पनि होस स्वाभिमान उच्च होस भन्ने उद्धेश्य यो कार्यक्रमको रहेको तत्कालीन अर्थमंत्री बिष्णु पौडेलको बजेट भाषणमा समेत उल्लेख छ । तर ब्यवहारमा त्यसको कार्यान्वयन पक्ष हेर्दा जिल्ला बिकास समिति ,सम्बन्धीत गाउँ र त्याहाको उपभोक्ता समिति उद्धेश्य अनुसारको काम गर्न नचाहेको देखिन्छ । जसले मधेशका गाउँहरुलाई सदैब अबिकास र पछौटेपनमा राख्ने र अगुवाहरुले आफनो स्वार्थ पुरा गर्ने उद्धेश्य राखेको देखिन्टछ ।
    पकाहा मैनपुर गाउँपालिकाको वडा नं ५ सबैठवामा  २२ लाखको लागतमा रोड ढलानको काम भइरहेको छ । तर रोड ढलान भएको २ दिन बितेको छैन ढलान चर्किन थालेको छ । यस्तो कमशल खालको काम कस्को मिलीभगतमा भइरहेको छ ? उपभोक्ता समितिका अध्यक्ष मुनी ठाकुर  ? साइड इन्जिनीयर या डिई दिपक मिश्र या स्थानीय बिकास अधिकारी यसको जवाफ कसले दिने ? 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.