logo

‘पपुलर’ भोटमा एमाले–कांग्रेस मतान्तर ८३ हजार मात्रै, कुन पार्टीको कति ? 

      10/5/2017 गते 00 00 मा प्रकाशित     2150   पटक पढिएको

काठमाडौं । तीन चरणमा गरी देशभरका ७५३ स्थानीय तहमा ३५ हजार ०४१ प्रतिनिधि निर्वाचित भइसकेका छन् । वैशाख ३१, असार १४ र असोज ३ गते भएको निर्वाचनमा सबैभन्दा धेरै एमालेका १४ हजार ९८ प्रतिनिधि निर्वाचित भएका छन् । यो प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्यको कुल आँकडा हो ।

दोस्रोमा नेपाली कांग्रेसका उमेदवार ११ हजार ४५७ उमेदवार विजयी भएका छन् भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका ५ हजार ४४१ उमेदवारले जित हासिल गरे ।जसमा प्रतिशतका आधारमा एमालेले ४०।२३ प्रतिशत, कांग्रेसले ३२।६९ प्रतिशत र माओवादीले १५।५३ प्रतिशत उमेदवार विजयी बनाउन सक्यो ।

कांग्रेसलेभन्दा २ हजार ६०१ बढी उमेदवार विजयी बनाउन सफल एमालेले पपुलर भोट भने ८३ हजार ३०० मात्रै बढी ल्याएको छ । स्थानीय तहको निर्वाचनमा भोट गरिने सबै पदको प्राप्त मतको औसतका आधारमा निकालिएको पपुलर भोटमा एमालेले ३० लाख ६५ हजार ५४० मत पाउँदा कांग्रेसले २९ लाख ८२ हजार २४० मत प्राप्त गरेको छ ।

कुल खसेको मतमा ९१ लाख २६ हजार ७०४ मत सदर हुँदा एमालेले ३३।५९ प्रतिशत भोट प्राप्त गरेको छ भने कांग्रेसले ३२।६८ प्रतिशत मत प्राप्त गरेको छ ।    

त्यसैगरी तेस्रो स्थानमा रहेको माओवादीले १६ लाख २ हजार ४५० हजार मत प्राप्त गरेको छ । जुन प्रतिशतमा १७।५८ हुन आउँछ । चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ३ लाख ८६ हजार ७८३ मत अर्थात ४।२४ प्रतिशत प्राप्त गरेको छ । २८५ मात्रै प्रतिनिधि निर्वाचित भएको राप्रपा पपुलर भोटको औसतमा २ लाख ९० हजार १५६ मत प्राप्त गरेको छ । यता तेस्रो चरणको निर्वाचनमा मात्रै सहभागी भएको राष्ट्रिय जनता पार्टीले १ हजार ११२ प्रतिनिधि विजयी गराउँदा पपुलर भोट भने औसतमा २ लाख ५१ हजार ६१५ मत प्राप्त गरेको छ । त्यसपछि विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले १ लाख २४ हजार ६५४ मत प्राप्त गरेको छ । यस्तै स्वतन्त्र उमेदवारले औसतमा १ लाख १९ हजार ७२९ मत प्राप्त गरेका छन् । यसैगरी चुनावमा सहभागी ३६ दलले ३ लाख ३ हजार ५३७ अर्थात ३।३२ प्रतिशत औसत मत प्राप्त गरेका छन् । 

सभार-१२खरी डटकम

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.