logo

प्रादेशिक राजधानीको विषयमा बहस,उम्मेदवारहरु तनावमा 

      11/17/2017 गते 00 00 मा प्रकाशित     1585   पटक पढिएको


वीरगन्ज, १ मंसिर । प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकिदै जादा मध्यतराईमा राजधानीको बहसले राजनीतिक सरगर्मी तताउने देखिन्छ । मधेश आन्दोलनको प्रमुख केन्द्र बनेको बीरगंजलाई राजधानी बनाएर न्याय गर्नु पर्ने युवाजनमतको आयतन बढदै छ । मधेश आन्दोलनको अगुवाई गर्ने राजनीतिक दलको राजधानी प्रतिको बहसमै चासो कम देखिन्छ । मुलधारका राजनीतिक दलका कतिपय नेता र तिनका लिखित प्रतिवद्धतामा  बीरगंजलाई राजधानी बनाउने कुरा उल्लेख छ ।

आन्दोलनका क्रममा शहादत भयो बीरगंज लामो समय ठप्प रह्यो ब्यापार सुक्यो अनेकौ समस्या बीरगंले खेप्यो तर सबै पूर्वाधार हुदा हुदै पनि बीरगंजले राजधानी नपाउनुलाई युवा पुस्ताले मन पराएको छैन । राजधानी जनकपुर हुने चर्चाप्रति बीरगंजका युवा सकारात्मक हुन सक्ने देखिदैन ।

प्रदेशको नाम के हुने राजधानी कहा हुने भन्ने कुराको निरुपण प्रदेश सभाले नै गर्ने भएकोले यो बिषयको निरुपण कसरी हुन्छ भन्ने चासो सबैमा छ । तर उम्मेदवारहरु यो बिषयका कारण तनाव छन ।

त्यसैले उनीहरु “आफनो तर्फबाट सक्दो पहल गर्छु” भन्दै उम्कने गरेका छन । प्रादेशिक राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशसभाले टुंगो लगाउने भएपनि अहिले मतदाताहरुले आवाज उठाएपछि प्रदेश नम्बर २ का उम्मेदवारहरु निकै अप्ठ्यारोमा छन् । राजधानी बनाउने सवालमा वीरगन्जका मतदाताहरुले भने दबावमुलक अभियान नै संचालन गरेका छन् ।

वीरगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग सहित हस्ताक्षर संकलनदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत तीब्र दबाव दिईरहेका छन् । नेकपा माओवादी निकट विद्यार्थी संगठनले राजधानी बनाउनका लागि तीनदिने हस्ताक्षर अभियान नै सञ्चालन गरेको थियो ।

अभियानमा १० हजार भन्दा बढीले हस्ताक्षर गरेको अभियानका संयोजक एवं अखिल क्रान्तिकारीका नेता मित्रदेव यादवले बताए ।

वीरगन्जका कुशल फोटो पत्रकार तथा युवा अभियन्ता मनिष पौडेलले “प्रादेशिक रजाधानीको लागि मेरो समर्थन वीरगन्जलाई” तपाँईको नि र?” भन्ने फेसबुक प्रोफाईल नै बनाएर सामाजिक सञ्जालमा अभियान नै चलाएका छन् ।

वीरगन्जका फोटो पत्रकारहरुको एउटा समूह “वीरगन्ज फोटो प्रोजेक्ट” मार्फत पनि वीरगन्जलाई राजधानी बनाउन दबाव दिएका छन् । अभियन्ता पौडेलले भने, “मधेसको लागि भनेर जति पनि आन्दोलन भयो वीरगन्जमा नै भयो । मधेस भनेर सबैले वीरगन्जलाई नै हेर्छन् । वीरगन्जको घण्टाघर, शंकाराचार्य गेट नै पहिले सबैको अगाडि आउछ । अनि वीरगन्जलाई प्रादेशिक राजधानी किन नबनाउने र?” आर्थिक कारोबारको दृष्टिले र पूर्वाधार विकासको हिसाबले पनि वीरगन्ज प्रादेशिक राजधानीको लागि उपयुक्त स्थान हो ।

अभियानको फेसबुक प्रोफाईल बनाउनेहरु पनि बढ्दै गएको उनको भनाई छ । प्रदेशको राजधानी बनाउन वीरगन्जमा भौतिक पूर्वाधारहरु पर्याप्त रहेकोले पनि वीरगन्जलाई राजधानी बनाउन चौतर्फी दबावहरु आईरहेको छ । संघीयता कार्यान्वयन गराउने पहिलो अभ्यासको रुपमा न्यायलयबाट सुरु गरेको सरकारले जनकपुरमा उच्च अदालत र वीरगन्जमा अस्थायी इजलास स्थापना गरेर जनकपुरको महत्व बढाउने का ग¥यो।

नेपाल प्रहरीको पनि २ नम्बर प्रदेश कार्यालय जनकपुरमा र वीरगन्जमा संघीय प्रहरी इकाइको रुपमा कार्यालय संचालन शुरु भइसकेको छ । यसले पनि वीरगन्ज प्रदेशको राजधानी हुदैन भन्ने कुरामा आशंका पैदा भएको छ  त्यसैले नै वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन दबाव बढेको हो । मधेस आन्दोलनको मुख्य केन्द्रको रुपमा परिचित वीरगन्ज नै प्रदेश नम्बर २ को प्रादेशिक राजधानी हुनुपर्ने स्थानीयको माग छ ।

वीरगन्जले मुलुकको कुल वैदेशिक व्यापारको झण्डै ६० प्रतिशत कारोबार र औद्योगिक लगानीको ७० प्रतिशत हिस्सा अगोटेको छ । नेपालबाट भारत तथा तेस्रो मुलुकसंग हुने आयात निर्यातको अधिकांश कारोबार पनि यहि वीरगन्ज बाटै हुदै आएको छ । त्यति मात्रै होईन नेपालको कूल राजस्वमा ५४ प्रतिशत योगदान वीरगन्जको नै रहेको छ ।

प्रदेश नम्बर २ को प्रादेशिक राजधानीका लागि चाहिने मानवीय, सामाजिक, आर्थिक, भौतिक लगायतका आवश्यक पूर्वाधारहरु सबै वीरगन्जमा उपलब्ध रहेकोले पनि प्रादेशिक राजधानीका लागि जनकपुर भन्दा वीरगन्ज धेरै उपयुक्त रहेको यहाँका वासिन्दाको तर्क रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर साह ‘हिरा’ ले प्रादेशिक राजधानी जनकपुर बनाउने निर्णयमा सहमति भईसकेकोले अहिले यसको चर्चा चलाउनु वाहियात भएको बताए ।

उनले भने, “जनकपुर प्रदेश नम्बर २ को राजधानी भईसकेको छ । त्यसको आवश्यक पूर्वाधार निर्माणका लागि जनकपुर चुरोट कारखानालाई तोकिसकेको छ । चुनावको मुखमा आएर राजनीतिक दलहरुले राजधानीको नाममा जनतालाई लडाउने काम मात्रै गरेको छ ।” नीजिक्षेत्रले पनि जनकपुरमा सचिवालय स्थापना गरिसकेको र न्यायालय र सुरक्षा निकायको पनि कार्यालय जनकपुरमा स्थापना भईसकेकोले अब प्रादेशिक राजधानी जनकपुर नै हुने अध्यक्ष साहको दावी छ ।

निर्वाचनको बेला राजधानीको विषय निकालेर जनता जनता लडाउने र फेरी आन्दोलन चर्काउने षड्यन्त्र मात्रै भएको भन्दै साहले यस विषयमा नागरिक समाज, बुद्धिजीवि, विद्यार्थी, सर्वसाधारण सबै सचेत हुनुपर्ने बताए । निर्वाचनपछि राजनीतिक स्थायीत्वको संभावना देखेको भन्दै उनले आर्थिक, सामाजिक उन्नति तिर देश गईरहेको बेला राजधानीको किचलो निकाल्नु राम्रो नभएको बताए ।

उनले भने, “पहिले अधिकारको लागि भएको मधेस आन्दोलनमा मधेसी र पहाडीबीच लडाँई गराउन खोजेका थिए । त्यो जनताले बुझे र साम्प्रदायिक द्वन्द्व हुनबाट बच्यो । अबफेरी राजधानीको नाममा जनकपुर र बीरगन्जवासीलाई लडाउन खोज्दैछ । यसतर्फ जनता सचेत हुनुपर्छ ।” प्रादेशिक राजधानी प्रदेशसभाले तय गर्ने भएकोले यसमा खासै विवाद नहुने नेकपा माओवादी केन्द्रका प्रदेश संयोजक विश्वनाथ साहले बताए ।

उनले भने, “राजधानी कहाँ बनाउने भन्ने विषयमा प्रदेशसभाले तय गर्ने हो, भौतिक पूर्वाधार संरचनाको हिसाबमा वीरगन्ज उपयुक्त छ । ऐतिहासिक, धार्मिक दृष्टिकोणबाट जनकपुर पनि राम्रै हो । कतिपयले दुवैतर्फको बीचमा राजमार्ग मै बनाउनुपर्छ भन्ने पनि आवाज उठाएका छन् । जनकपुर र वीरगन्ज दुवै कुनामा परेकोले अर्को उपयुक्त स्थान पनि खोज्न सक्ने विकल्प छ ।” जनकपुर र वीरगन्जले दावी गर्नुपनि स्वभाविक हो, तर बीचमा पर्नेगरी समदुरी हेरेर नयाँ स्थानको पनि छनौट गर्न सकिन्छ ।

यसले थप नयाँ सहरको पनि विकास हुनसक्छ । साहको भनाई थियो । सप्तरी, सिराहाका जनताको पनि जनकपुर नै प्रादेशिक राजधानी हुनुपर्ने माग रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका सहसंयोजक एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैदले भौतिक पूर्वाधार संरचनाको हिसाबले वीरगन्ज नै प्रादेशिक राजधानीको लागि उपयुक्त स्थान भएको बताए ।

नेपालको प्रमुख प्रवेशद्वार, पूर्वाधार संरचना र आर्थिक क्रियाकलापको हिसाबले वीरगन्जलाई नै प्रादेशिक राजधानी बनाउनुपर्नेमा उनको जोड छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.