logo

पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ 

      12/4/2017 गते 00 00 मा प्रकाशित     1411   पटक पढिएको

बीरगंज १८ मंसिर ।
पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ बनेको छ । गठबन्धनका कारण मतदातामा उत्साह समेत संचार भएको छ । ७० को सम्बिधान सभा निर्वाचनमा पर्साको ३ निर्वाचन क्षेत्रमा बिजयी हासिल गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका वीचको गठबन्धनका कारण पर्साको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । नेपाली कांग्रेस भित्रको आन्तरिक असन्तोष यसपटक पनि ब्यवस्थापन हुन सकेको छैन  त्यसको फाइदा बाम गठबन्धनले पाउने छ ।

 

मधेशी मोर्चा भित्रका दुबै दलहरु भित्र रहेको असन्तोष पनि ब्यवस्थापन हुन सकेको छैन । संघीय समाजवादी फोरम नेपाल भित्र अवको नेता को भन्ने बिषयमा ठुलो अन्तरबिरोध  छ । त्यो अन्तरबिरोधको फाइदा पनि बाम गठबन्धनले पाउने अवस्था छ ।

 

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपाल भित्र रहेको असन्तुष्ट पक्षले आफना उम्मेदवार हराउन सक्ने बलियो उम्मेदवारको खोजी गर्दा बाम उम्मेदवार बलियो देख्ने भएकोले असन्तुष्टहरुको भोट गठबन्धनका उम्मेदवारहरुले पाउने भएका हुन । 

    स्थानीय तहमा  नेकपा एमाले र माओवादी केन्द्रले पाएको मत जोड्दा पर्साको निर्वाचन क्षेत्र नं ३ र ४ मा बामगठबन्धनको अवस्था बलियो देखिन्छ । निर्वाचन क्षेत्र नं २  र १ मा पनि बाम गठबन्धनको अवस्था नेपाली कांग्रेस र मेधशी मोर्चाको हाराहारीमा रहेको छ । तर ति दुबै पार्टीमा नेतृत्व कसको हुने भन्ने बिषयमा रहेको असन्तोषका कारण बामगठबन्धनले फाइदा लिने अवस्था छ ।

 

फोरम नेपालका स्थापीत नेताहरु पर्सा क्षेत्र नं १ का उम्मेदवार प्रदीप यादवलाई जित्न नदिने अभियानमा लागेका छन । पार्टी भित्र एकल नेतृतवका रुपमा स्थापीत भएका यादवका बिरुद्ध पार्टीका औपचारिक बैठकहरुमा बोल्ने कोही पनि हुदैन । तर चुनावी मैदानमा मत बिगार्न पार्टीका जिम्मेवारनेताहरुको सहभागिता रहेकोले प्रदीप यादवलाई जित निकाल्न निकै मुश्किल हुने देखिन्छ ।

 

प्रदेश सभाको उम्मेदवार चयनका कारण पनि यादवको अलोचना हुन थालेको छ । प्रदेश सभाको “क” र “ख”मा मुस्लिम समुदायका ब्यक्तिहरु उम्मेदवार छन । प्रत्यक्ष निर्वाचन तर्फ उम्मेदवार हुदा हुदै समानुपातिक तर्फपनि मुस्लिम समुदायबाट नै टिकट पाएकोले उनीप्रति केही कार्यकर्ता रुष्ट छन ।

 

प्रदेश सभा “ख”मा पहिला पार्टीले फिरोज मन्सुरलाई उम्मेदवारी दिएकोमा अध्यक्ष यादवको अडानका कारण मन्सुरको टिकट खोसिएर जन्नत अन्सारीले टिकट पाएका हुन । यो प्रकरण पार्टी भित्र भूसको आगो झै सल्किएको छ । मुख्यमंत्रीको दावेदावरको रुपमा प्रचार गरिएका प्रदेश सभा “ख”का उम्मेदवार पार्टीका उपाध्यक्ष समेत रहेका लालबाबु राउत गद्धी बिरुद्ध पार्टीको एउटा पंक्तिले असहयोग गर्दै आएको छ ।

 

त्यसको प्रतिकूल प्रभाव यादवमाथि पनि पर्ने अवस्था छ । यादवको निर्वाचन अभियानमा राजपाका नेताहरुको सहभागिता शून्य छ  । यि सबै प्रकरणको फाइदा नेपाली कांग्रेस र वामगठबन्धनलाई  हुने निश्चित प्राय छ । लालबाबु राउतलाई यसैपनि टुरिष्ट उम्मेदवार भनेर आलोचना गर्ने गरिन्छ । सासद हुदा संसदीय बिकास कोषको धेरै हिस्सा अहिलेको क्षेत्र नं ४ मा लगानी गरेका राउतलाई जनताले सासद के गर्नु भयो भनेर सोध्ने गरेका छन । राउत जनताको यस्तो सवालमा नाजवाफ हुने गरेको फोरमका एक कार्यकर्ताले बताए ।

 

राउत त्यस्तो प्रदेश सभामा उम्मेदवार छन जाहा उनले आफनो मत आफैलाई हाल्न पाउने छैनन । उनी बीरगंजको वडा नं १३का बासिन्दा हुन । त्यो वडा भने प्रदेश सभा “क”मा पर्छ ।चुनाव क्षेत्र नं १ को दुबै प्रदेश सभामा बामगठबन्धनका उम्मेदवार रहवर अन्सारी र शम्भू गुप्ताको अवस्था अन्य उम्मेदवारको तुलनमा मजवुत रहेको बिश्लेषण गरिएको छ ।
    पर्साको क्षेत्र नं २ मा म.सलीम मन्सुर र प्रदेश सभा “ख”का उम्मेदवार रामचन्द्र साहको अवस्था मजवुत हुदै गएको छ । २ मा नेपाली कांग्रेस बाम गठबन्धनका अन्सारी र फोरमका बिमल श्रीवास्तववीच प्रतिस्पर्धा हुने देखिन्छ ।

 

३ मा नेकपा एमालेका राजकुमार गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरी र फोरमका हरिनारायण रौनीयारलाई पछाडी पारेको आंकलन गरिएको छ । ३ को प्रदेश सभा“क”मा भने एमालेको तर्फबाट “मुख्यमंत्री”को रुपमा हेरिएका नागेन्द्र चौधरीको अवस्था सुदृढ देखिएको छ । पर्साको ४ मा वामगठबन्धनकी उर्मिला अर्याल र नेपाली कांग्रेसका रमेश रिजालवीच प्रतिस्पर्धा रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.