logo

दनाबिहिन मकै घोगा पैसा श्रम र पसिना खर्चेका किसानका क्या होगा

      3/4/2018 गते 00 00 मा प्रकाशित     2609   पटक पढिएको

निजगढ, २० फागुन

    मकै बाली लगाएका किसानहरु यस वर्ष पनि मारमा पर्ने भएका छन । मकै भित्र्याएर घर ब्यवहार मिलाउला भन्ने किसानको  योजना अधुरो रहने भएको छ ।

बोटमा रहर लाग्दो मकैको घोगा छ तर घोगामा दाना छैन । मकै भित्र्याउने बेला भयो दानाबिहिन घोगाका देखेर किसान चिन्तती छन । सात वर्ष पहिला पनि मध्य तराईमै मकैमा घोगा त थियो तर दाना थिएन । त्यसतै हुन्छ की भन्ने चिन्ता किसानको मनमा छ । चैतको पहिलो वा दोश्रो सातामा मकै भित्र्याउने बेला हो ।

   

    निजगढ नगरपालिका, कोल्भी नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिकालगायत विभिन्न वडाका किसान अहिले मकैंमा दाना नलागेपछि चिन्तित बनेका छन् ।

    यस पालि उन्नत जातका बन्नी, डे«गन, श्रेस्ता, सिपी ८०८ जस्ता ब्रान्डका मकैंको बीउ रोपेर कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक प्रयोग गरी समय—समयमा सिंचाइ पनि गरेका थिए । तर बेला पुगेर पनि मकैमा दाना लागेन । जताततै उस्तै समस्या देखिएको टाँगियाबस्तीका मकै किसान भुपाल आले मगरले बताए ।

        जीतपुर—सिमरा उपमहानगरपालिकाको विभिन्न वडाबाट यस्तै गुनासो आइरहेको कृषि विकास शाखा डुमरवानाका कृषि प्राविधिक एवं जेटिए राधिका भारती बताउँछिन् ।

     निजगढ नगरपालिका–५ पूर्वटोल बागदेवमा मात्र ९० बिघाभन्दा बढी मकैंको घोगामा दाना लागेको छैन । ‘अधिकांश किसानले उन्नत जात बन्नी ब्रान्डको मकैंको बीउ छर्दा यस्तो समस्या आइलाग्यो । गत वर्ष यही बीउ छर्दा राम्रो उत्पादन भएको निजगढका शिव गौतमले बताए ।    निजगढ नपाको निजगढ, रतनपुरी, सिगौंलबाट मकैमा दाना नलागेको गुनासो आइरहेको निजगढ नपाका कृषि प्रसार अधिकृत रामशरण यादवले बतए ।

    मकैंमा दाना नलागेको गुनासो बढिरहेको जिल्ला कृषि कार्यालय बारा प्रमुख शिवरत्न साहले बताए । किसानहरूको गुनासो आएसँगै जिल्ला कृषि कार्यालय, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरलगायतका विज्ञहरूको टोलीले अनुगमन शुरु गरेको उनले बताए ।

    बारामा खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये १३ हजार हेक्टरमा मकैंबाली लगाएको कृषि कार्यालय बाराका प्रमुख साहले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.