logo

मधेशका युवा बालेन जसले राजधानीमा इतिहास रच्दै बने महानगरप्रमुख ,उपप्रमुखमा डंगोल

 इसीमाना सम्वाददता     २०७९ जेठ १३ गते ०६: ५८ मा प्रकाशित     738   पटक पढिएको

काठमाण्डौको मेयरमा बालेन्द्र साहले अभूतपूर्व बिजय दर्ज गरेका छन । उनले ६१ हजार ७ सय ६७ मत ल्याएर आफना प्रतिद्वण्दी भन्दा २३ हजार ४ सय २६ मतको अन्तरले भब्य जित निकालेका हुन ।

 

र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहले ठुलो जनाधार र संगठन भएका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलका उम्मेदवारलाई हराउदै कामठमाण्डौको मेयर जितेका हुन ।

 

मत परिणाम अनुसार बालेनले कुल मत ६१७६७ ल्याएका छन् । दोस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३८३४१ भोट ल्याइन् । एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा रहे ।

 

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि १० हजार भोट कटाउन सफल भए । १३७७० भोटका साथ उनी चौथो स्थानमा छन् भने राप्रपाका मदनदास श्रेष्ठ ५७७० मत ल्याएर पाँचौ स्थानमा रहेका छन् ।

 

मेयरमा जितेका बालेन काठमाडौंको वडा नम्बर ९ को स्थायी बासिन्दा हुन् । उनी तीनकुने, गैरिगाउँमा बसोबास गर्छन् । बालेनको पुरानो घर भने महोत्तरी जिल्लामा छ । काठमाडौंको मेयर बन्ने उनी पहिलो मधेसी युवा हुन ।


०६३ को शान्तिपूर्ण परिवतन पछि उठेको पहिचानको आन्दोलनले तिब्र रुपमा जाति भाषा क्षेत्रको रुपमा राजनीतिलाई ध्रुबीकरण गरेको थियो ।

मधेशमा पहाडका मान्छेले चुनाव जित्ने कुरा र पहाडमा मधेशका मान्छेले चुनाव जित्ने कुरा कठिन हुन्छ की भन्ने वतावरण बनेको थियो ।

तर संबिधानको जारी भइसकेपछि बिस्तारै यो न्यारेटिभ परिर्वतन हुदै आएको छ । मधेश आन्दोलनको इपिसेन्टर बीरगंजमा २३ हजारकै मतान्तरमा राजेशमान सिंहको जित काठमाण्डौमा बालेन्द्र साहको जितले मधेशी पहाडी वा अन्य जात जाति भाषा भाषी र क्षेत्रको भन्ने “न्यारेटिभ”लाई परिर्वतन गर्न मद्धत मिलेको छ ।

 

काठमाण्डौमा मधेशीलाई चुनाव जित्न दिदैन भन्ने रटान अव भने बालेको बिजयसंगै मिथ्या सावित भएको छ । बालेनको जितले कुनै जाति बिशेष सम्प्रदाय बिशेष क्षेत्र बिशेष होइन जनताको मनको प्रतिनिधित्व गर्न सक्ने मान्छे कही पनि जित्ने र स्थापित हुन सक्ने सिद्ध गरेको छ ।

 

यसले स्वीकारोक्तिको सीमित घेराको बारेमा चर्चा गर्ने राजनीतिक “स्टन्ट” अन्त्य गरेर जनको मनमा हुने जित्ने कुरा स्थापित गरेको छ । नपालको राजनीतिको यो सबे भन्दा सुरन्दर पक्ष भएको बिश्लेषण गर्न थालिएको छ ।

नेकपा एमालेकी सुनिता डंगोल काठमाडौं महानगरको उपमेयरमा निर्वाचित बनेकी छन् । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् ।

सार्वजनिक गरिएको मत परिणाम अनुसार उपमेयरमा सुनिताले ६८६१२ मत ल्याएकी छन् । पराजित उम्मेदवार श्रेष्ठले २३८०६ मत प्राप्त गरे ।

सुरुमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी सुनितालाई पछि एमालेले उपमेयरको टिकट दिएको थियो । उनी नेवारी भाषा, संस्कृतिको प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् । साथै, सन् २०११ कि मिस नेवा हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.