logo

बारा र पर्सामा श्रोत नखुलेका नगदसहित   सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ३ गते ०६: ४० मा प्रकाशित     561   पटक पढिएको

वीरगंज ।  सशस्त्र प्रहरीले बाराको नेपाल–भारत सीमा क्षेत्रमा श्रोत नखुलेका नगदसहित दुईजनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ।

 

सशस्त्र प्रहरीले बारको बलिरामपुरबाट १० aलाख ८० हजार बरामद गरेको छ ।

 

बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको टोलीले १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।


पक्राउ परेका व्यक्तिको पहिचान सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन।

 

भारतबाट नेपालतर्फ आउँदै गरेको लु ४ प ६४६२ नम्बरको मोटरसाइकल रोक्दा मोटरसाइकलको सिटभित्र लुकाइराखिएको अवस्थामा उक्त रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

 

बरामद रकम तथा मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।

 

तयस्ैगरि हेल्मेटभित्र ३ लाखसहित एक भारतीय  नागरिक पक्राउ परेका छन ।

 

 वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा भारत बिहार, पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाउँका २५ वर्षीय आनन्द कुमार रहेका छन्।

 

भारतको रक्सौलबाट बीआर–०५ एभी–५९८३ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गर्दा भन्सार क्षेत्रमै रोकिएको चेकजाँचमा उनको हेल्मेटभित्र लुकाइएको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ।

 

रकमको श्रोत खुलाउन नसकेपछि उनलाई समेत रकम र मोटरसाइकलसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.