वीरगंज । सशस्त्र प्रहरीले बाराको नेपाल–भारत सीमा क्षेत्रमा श्रोत नखुलेका नगदसहित दुईजनालाई छुट्टाछुट्टै घटनामा पक्राउ गरेको छ।
सशस्त्र प्रहरीले बारको बलिरामपुरबाट १० aलाख ८० हजार बरामद गरेको छ ।
बाराको बिश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सन्दिप केसीको टोलीले १० लाख ८० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिको पहिचान सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन।
भारतबाट नेपालतर्फ आउँदै गरेको लु ४ प ६४६२ नम्बरको मोटरसाइकल रोक्दा मोटरसाइकलको सिटभित्र लुकाइराखिएको अवस्थामा उक्त रकम फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकम तथा मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय बुझाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए।
तयस्ैगरि हेल्मेटभित्र ३ लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन ।
वीरगञ्जमा सशस्त्र प्रहरीले हेल्मेटभित्र ३ लाख रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार, पूर्वी चम्पारण जिल्लाको नुनियाडी गाउँका २५ वर्षीय आनन्द कुमार रहेका छन्।
भारतको रक्सौलबाट बीआर–०५ एभी–५९८३ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ आउँदै गर्दा भन्सार क्षेत्रमै रोकिएको चेकजाँचमा उनको हेल्मेटभित्र लुकाइएको रकम फेला परेको प्रहरीले जानकारी दिएको छ।
रकमको श्रोत खुलाउन नसकेपछि उनलाई समेत रकम र मोटरसाइकलसहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया