logo

एमाले युवा र  जेनजी झडप प्रकरण,दुई वडाध्यक्ष पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ४ गते १२: २२ मा प्रकाशित     63   पटक पढिएको

वीरगञ्ज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा बुधबार भएको झडप प्रकरणमा दुई वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। युवा संघ र जेन–जी समूहबीच आकस्मिक रूपमा उत्पन्न भिडन्तपछि सीमरा क्षेत्र केही समय तनावपूर्ण बनेको थियो।

 

प्रहरीका अनुसार पक्राउ परेका मध्ये जितपुरसिमरा–२ का ४० वर्षीय वडाध्यक्ष धनबहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय वडाध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले दुवै जनप्रतिनिधिलाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको जानकारी दिए।

 

झडपमा सम्राट  उपाध्याय घाइते भएका छन्। उनले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गरेका छन्। जाहेरीसँगै घटनामा जनप्रतिनिधिसहित अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा विस्तार गरेको छ।

 

दुवैजना स्थानीय तहका जिम्मेवार पदाधिकारी भएकाले उनीहरूको भूमिकाबारे थप गम्भीर रूपले अनुसन्धान अघि बढाइएको एसपी तामाङले बताए।

 

 आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

 

यसैबीच, अन्य व्यक्तिहरू पनि घटनामा संलग्न हुन सक्ने आशंकामा पहिचान र वास्तविक कारण पत्ता लगाउने कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

ठोरी वृद्धाश्रमलाई हरेराम सफारी सुमो यातायातद्वारा वाशिङ मेसिन र खाद्यान्न सहयोग

ठोरी । जाडो मौसममा वृद्ध तथा असहाय व्यक्तिहरूको हेरचाह सहज बनाउने उद्देश्यले हरेराम टाटा सुमो यातायातले आज ठोरी वृद्धाश्रमलाई वाशिङ मेसिन, खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको छ।

सशस्त्र प्रहरी बल नेपालद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन

वीरगंज। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत  शुक्रबार धोबिनी गाउँपालिका–२ स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म, भिखमपुरमा सम्पन्न भयो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.