जनकपुरधाम । मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका छन्।
बुधवार दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकले सभामुख मण्डलविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आवश्यक मत सहित पारित गरेको हो। प्रस्तावमा ७६ जना सांसदले समर्थन जनाएका थिए।
मण्डलले पदको मर्यादाअनुकूल आचरण नगरेको आरोपसहित विपक्षी सांसदहरूले प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव पारित भएपछि सभामुखको पद तात्कालिक रूपमा रिक्त भएको प्रदेश सभाले जनाएको छ।
तपाईको प्रतिक्रिया