काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।
आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोमवार पक्राउ गरेको हो । महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकारी दिए।
उनले भने, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु,कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन ।”अख्तियार स्रोतका अनुसार चुडाल भ्रष्टाचार आरोपमा पक्राउ परेका हुन् ।
उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । प्रबन्धक चुडालले ८ लाख घूस खाएको आरोपमा अख्तियारले नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया