वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पीजी प्रथम वर्षका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
विगत दुई महिनादेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका चिकित्सकहरूले पटक–पटक आश्वासन पाए पनि समस्या समाधान नभएको भन्दै राजीनामा दिन बाध्य भएको बताएका छन् ।
लामो समयसम्म आन्दोलन गर्दा पनि कलेज प्रशासनले आफ्ना मागप्रति गम्भीरता नदेखाएको र सहमतिअनुसार समस्या समाधान नभएको उनीहरूको गुनासो छ ।
दुई महिनासम्म आन्दोलन र छलफलबाट निकास ननिस्किएपछि सामूहिक राजीनामाको निर्णय लिनुपरेको चिकित्सकहरूको भनाइ छ ।
यस घटनाले नेशनल मेडिकल कलेजको शैक्षिक तथा स्वास्थ्य सेवा गतिविधिमा समेत असर पर्न सक्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया