logo

सरकार राष्ट्रिय एकता खलबल्याउन उद्धत छः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०५: २७ मा प्रकाशित     955   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरेका छन् ।

 वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलागि आयोजीत शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले असंवैधानिक काम गरिरहेकोमा आपत्ति जनाए ।

 

रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।

No description available.

’ सर्वोच्च अदालतले पटक पटक सरकारलाई असम्बैधानिक काम गरेको भन्दै पटक पटक फैसला गरेको छ तर सरकार एक पछि अर्को असम्बैधानिक काम गरिरहेको बताए । अदालतले आमा माफी दिने सरकारी निर्णयलाई आलोच्य भनेको छ । तर सरकार त्यस्तो काम सच्याउने काम गदैन ।

उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए । उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।


‘पढे लेखे पनि त्यसको सदुपयोग गरेनौं भने पढेलेखेको के काम भन्ने प्रश्न गर्दै उनले भने, ‘जे छ, त्यसको सदुपयोग गर्न सक्नुपर्छ । होइन भने लोकतान्त्रिक प्रणाली पनि निरर्थक साबित हुन्छ ।’

No description available.

अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए । समाजमा जथाभाबी अराजकता फैलिएको भन्दै उनले भने, ‘कतै ढुंगा हानिएको छ । उफ्रिएका छन् । कसैलाई खुकुरी हानेका छन् ।

 

तर सरकार अराजकता मच्चाउने तत्त्वलाई कारबाही गर्न सकिरहेको छैन ।’ दण्डहिनताको पराकाष्ठा नाघेको भन्दै सरकार निकै कमजोर र निरिह भएको बताए ।

No description available.

सरकार राष्ट्रिय एकता खलबल्याउन क्षेत्रीयता र जातियताको नारा उराल्छ धार्मिक सहिष्णुता बिरोधी काम गर्छ ,पहिचानको राजनीति भन्दै एकता बिरोधी कुरा गर्छ यसले कुनै समयमा देशको अस्तित्माथि नै संकट ल्याउन सक्छ यस प्रति सचेत हुन उनले आग्रह गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

३० किलो गाँजा सहित भारतीय नागरिक बिन पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्लाको जिराभवानी गाउँपालिकाबाट विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

जनता सडकको सर्भे शुरु, वडाध्यक्ष गैरेले दिए धन्यवाद

वीरगंज । जनता सडक (जीतपुर–सोनबर्‍र्षा सुवर्णपुर खण्ड) मर्मत तथा कालोपत्रे कार्यका लागि नापी (सर्वेक्षण) प्रक्रिया आजबाट औपचारिक रूपमा सुरू भएको छ। भौतिक पूर्वाधार विकास कार्यालय पर्साले दिएको जानकारीअनुसार आगामी दुई महिनाभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी निर्माण कार्य अघि बढाइनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.